नेशनल वाथरोग सेन्टरले दुई वर्षमा ७५ हजार २ सय ७५ जनालाई सेवा दिएको जनाएको छ । पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रम यस्तो जानकारी दिइएको हो।
सेन्टरको अध्यक्ष तथा वाथरोग विशेषज्ञ डा विनित वैद्यकाअनुसार विश्वमा कुल जनसंख्याको १० प्रतिशत मानिसमा कुनै न कुनै किसिमको बाथ रोग रहेको बताए। यही तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा ३० लाख वाथरोगबाट पिडित भएको अनुमान छ । सो अनुुसारे धेरै उपचारको पहुँच बाहिर रहेको उनले बताए।
दक्ष जनशत्ति र प्रविधिको ज्ञानको कमीले गदा बाथरोग अहिले पनि चुनौतिका रुपमा रहेको डा विनित वैद्य बताउँछन् । उनले भने, ‘संसारभर नै वाथ रोग समस्याका रुपमा रहेको छ । यसको कारण रोग पहिचान गर्न गाह्रो र रोग लागिसकेपछि निर्मुल पारेर उपचार गर्न गाह्रो भएकाले पनि डाक्टरहरुको कम रोजाइको विषय बनेको हो।’
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले रोग लाग्नु भन्दा लाग्नै नदिने उपाय खोज्न जरुरी रहेको बताए। उनले भने, ‘खानपानमा ध्यान दिएर आफ्नो व्यस्त 18बाट समय निकालेर व्यायम गर्ने, जंकफुड खानुभन्दा घरमा बनाएको खाना खाँदा स्वास्थ्य जीवन जिउन सकिन्छ।’
कार्यक्रममा बोल्दै नेशनल बाथ सेन्टरका प्रवन्धक निर्देशक रोसन कक्षपतिले विभन्न चुनौतिहरुको सामाना गर्दै बाथरोग सेन्टरले पाँच वर्ष पूरा गरेको बताए । दक्ष जनशक्ति उत्पादनको लागि तालिम, प्रविधि क्षमतालाई अभिवृद्धि, समाज बाथरोग बारे जनचेतना फैलाउने र यस सम्बन्धि अनुसन्धान गर्ने सेन्टरको लक्ष्य रहेको बताए।
उनले आफूले २.२४ प्रतिशत जनसंख्यालाई मात्र उपचार सेवा दिन सकेको बताउँदै सवैका पहुँचमा पु¥याउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले थपे ‘केन्द्रमा उपचार गर्न आएकाको तथ्यांक हेर्ने हो भने गठिया बाथ धेरै देखिएको छ । गठिया भएकाहरु ३८.३४ प्रतिशत छन् । ढाड सम्बन्धी बाथ ११.७० आएका छन् र हड्डी खिइएका १२ प्रतिशत आउने गर्छन्।’
गठिया बाथ भएर सेन्टरमा आउनेहरुमो ३० वर्ष भन्दा माथिका महिलाहरु बढी रहेका कक्षपतिले जानकारी दिए।