वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको अफवाह फैलिएपछि अस्पतालले उनलार्इ सार्वजनिक गरेको छ । आइसियुमा उपचाररत उनलार्इ केही समयका लागि अस्पताल परिसरमा घुमाइएको हो। अस्पतालका एक कर्मचारीले सवैलार्इ आश्वस्त पार्न यस्तो गरिएको बताएका छन्।
डा देवकोटाका आफन्त, शुभचिन्तक र निकटस्थहरुले उनको अवस्थालार्इ लिएर अत्याधिक चासो व्यक्त गरेपछि अस्पतालले यस्तो निर्णय लिएको हो।
केही समय अस्पताल परिसरमा घुमाएपछि देवकोटालार्इ पुन: आइसियूमै लगिएको छ।
अवस्था केही जटिल बनेपछि आइसियुमा राखेर उपचार गरिन थालेको छ । तर, सामाजिक सञ्जालमा गएरातिदेखि नै उनको निधनको हल्ला फैलिएको थियो।