डा उपेन्द्र देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा जाहेर गरेका छन्।
उनकै चाहना अनुसार हेलिकप्टरमार्फत उनलाई जन्मस्थान गोरखा पालुङटारनगरपालिको बोहरागाउँमा पुर्याइनेछ। बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डा देवकोटाको पुख्र्याैली घर छ।
गाउँको पुरानो सिस्नेधाराको पानी पिएर जन्मघरको पिँढीमा सुस्ताउने इच्छा परिवारलाई जाहेर गरेपछि त्यता लैजान लागिएकाे उनका भतिजा वसन्त देवकोटाले बताए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।