पित्तनलीको क्यान्सरका कारण गम्भिर अवस्थामा रहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालालाई जन्मघर लगिएको छ। आज दिउसो हेलिकप्टरबाट उनलाई गोरखास्थित जन्मघरमा लगिएको हो।
डा देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट जन्मस्थान गोरखा पालुङटारनगरपालिको बोहरागाउँमा पुर्याइएको हो।
उनलाई जन्मघरको पिँढीमा सम्पूर्ण उपचारको व्यवस्थासहित राखिएको छ।
डा देवकोटालाई हेर्न गाउँका मानिसहरुको भिड लागेको छ।
बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डा देवकोटाको पुख्र्यौली घर छ। अस्पताल स्रोतकाअनुसार डा देवकोटालाई केहीबेर आँपपिपलस्थित पुख्र्यौली घरमा राखिने र आजै अस्पताल फर्काइने छ।





अस्पतालबाट गोरखा लैजाने क्रममा


