पुर्ख्यौली घर गोरखा लगिएका डा उपेन्द्र देवकोटाले आफ्नो इच्छा अनुसार घर नजिकैको सिस्नेधारबाट ल्याइएको पानी पिएका छन्।
जन्मघरको पिँढीमा उनलाई छोरी बसुधाले धाराबाट गिलासमा ल्याएको पानी पिएका हुन्। डा देवकोटाले सिस्नेधारबाट ल्याइएको पानी चम्चाको सहयोगमा पिएका थिए। डा देवकोटाको घरबाट सिस्नेधारा करिब ५ मिनेटको दुरीमा पर्छ।
डा देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट जन्मस्थान गोरखा पालुङटारनगरपालिको बोहरागाउँमा पुर्याइएको हो।
बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डा देवकोटाको पुख्र्यौली घर छ।
उनलाई जन्मघरको पिँढीमा सम्पूर्ण उपचारको व्यवस्थासहित राखिएको थियो। डा देवकोटालाई हेर्न गाउँका मानिसहरुको भिड लागेको थियो। डा देवकोटालाई अहिले काठमाडौं ल्याइएको छ।