डा उपेन्द्र देवकोटाले जन्मघरको पिँढिमा सुस्ताउने र सिस्नेघारी धाराको पानी पिउने चाहना व्यक्त गरेपछि परिवारले उनलाई हेलिकप्टरबाट त्यहाँ पुर्याउने योजना बनायो।
मौसम अनुकुल भएपछि डा देवकोटालाई हेलिकप्टरमा चढाइयो । हेलिकप्टरले उड्ने तयारी थाल्यो । जब हेलिकप्टर स्टार्ट भएर उड्नै लागेको थियो, बेस्सरी पानी दर्कियो र सँगै हावाहुरी चल्न थाल्याो।
पानी प्रवाह नगरी उड्न थालेको हेलिकप्टर जमिनभन्दा केही माथि उठ्यो तर उडेन । बरु हेलिप्याडबाट केही मिटर पछाडि गएर एकछिन रोकियो।
पानी कम हुँदै गएपछि फेरि हेलिकप्टर उड्न थाल्यो तर अगाडि बढ्ने प्रशस्त ठाउँ नभएपछि घर र जंगलको सानो चेपबाट ब्याक भयो। पाइलटका लागि त्यसरी हेलिकप्टर उडाउनु नियमित कर्म भएपनि अस्पताल परिसरबाट उक्त दृष्य हेरिरहेकाहरु भने डराइरहेका थिए।
हेर्नुहोस् भिडियो