पुर्ख्यौली घर गोरखा पुगेर सिस्नेधाराको पानी पिएपछि पिँढीमा एकछिन सुस्ताएका डा उपेन्द्र देवकोटालाई काठमाडौं फर्काइएको छ।
केहीबेरअघि हेलिकप्टरमा काठमाडौं ल्याइएका उनलाई सिधै उपचारका लागि आइसियूमा लगिएको उनीसँगै गोरखा पुगेका डा सञ्जय कार्कीले बताए।
जन्मघरको पिँढीमा उनलाई छोरी बसुधाले धाराबाट गिलासमा ल्याएको पानी पिलाएकी थिइन्। डा देवकोटाले सिस्नेधाराबाट ल्याइएको पानी चम्चाको सहयोगमा पिएका थिए। डा देवकोटाको घरबाट सिस्नेधारा करिब ५ मिनेटको दूरीमा पर्छ।
डा देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट जन्मस्थान गोरखा पालुङटारनगरपालिको बोहरागाउँमा पुर्याइएको हो।
बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा डा देवकोटाको पुख्र्यौली घर छ।