प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
शनिबारको प्रदेशसभामा मल्लले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
ुविपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पुर्यासउन मौजुदा स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवं स्तर वृद्धि गरी ुएक गाउँ एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालु का लागि नीतिगतरसंरचनागत प्रबन्धको थालनी गरिनेछु, नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्ता छन् स्वास्थ्यका विषय
- स्वास्थ्य, खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग पुर्याइनेछ । विकट एवम् पछिपरेका क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहँुचकालागि नजिक र सुलभ तरिकाबाट स्वास्थ्य सेवा प्रदान गर्न मुख्य र सहायक स्वास्थ्य क्षेत्र पहिचान गरि स्वास्थ्य सेवा उपलब्ध गर्ने नीति तथा योजना तर्जुमा गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिईनेछ ।
- कार्यक्षेत्र स्तरमा कार्यरत स्वास्थ्य स्वयंसेवीका तथा बालविकास केन्द्रका स्वयम सेवक÷परिचरहरुलाई आगामी आर्थिक वर्षमा पनि प्रोत्साहित गरिने छ ।
- ‘शिक्षकको लागि शारिरीक मानसिक स्वच्छता ः आधारभूत तहदेखिनै बालबालिकाहरुको खेलकुद र योग अभ्यासमा सहभागिता’ भन्ने नारालाई अभियानको रुपमा संचालन गर्न विद्यालय स्तरमा सम्पुर्ण वालकालिकाहरुको अनिवार्य सहभागिता हुने गरि स्तर सुहाँउदो खेलकुद तथा योग अभ्यासका कार्यक्रमहरु संचालन गराउन प्रोत्साहन गर्नुका साथै विद्यालयहरुमा खेलकुद मैदान निर्माण, खेलकुद सामग्री व्यवस्थापन र योग अभ्यास कोठाव्यवस्थापनकालागि कार्य सम्पादन मापदण्डमा आधारित अनुदान सहयोग उपलब्ध गराईनेछ ।
- मौलिक हकका रुपमा रहेको गुणस्तरीय स्वास्थ्य सेवा सवै नागरिकहरुको सहज पहुँचमा पुग्नेगरि प्रभावकारी रुपमा उपलब्ध गराईने एवं आधाभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराईनेछ । भौगोलिक दृष्टिले उपयुक्त ३ स्थानमा सुविधासम्पन्न प्रदेश अस्पतालको डि.पि.आर. तयार गरिने छ । हाल संचालनमा रहेका अञ्चल तथा जिल्ला अस्पतालको समग्र सुधारमा आवश्यक स्रोत उपलब्ध गराइ विशेष सेवा सहितको उपचारको सुनिश्चितता गरिनेछ ।
- विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन मौजुदा स्वास्थ्य संस्थाहरुको सुदृढिकरण एवं स्तर वृद्धि गरी ‘एक गाउँ एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पताल’ का लागि नीतिगत÷संरचनागत प्रबन्धको थालनी गरिनेछ ।
- मातृ तथा वाल स्वास्थ्यमा सुधारका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरि मातृ मृत्युदर, नवजात तथा बाल मृत्युदरमा कमि ल्याईनेछ । स्वास्थ्य सेवा सम्वन्धी प्रदेश स्तरिय प्राज्ञिक, व्यवसायिक र पेशागत संघ– संस्थाको दर्ता, संचालन अनुमतिका साथै प्रदेश स्तरीय उपचार केन्द तथा सेवाको गुणस्तर निर्धारण, दर्ता, संचालन, अनुमति, व्यवस्थापन र नियमन गर्न आवश्यक नीति वनाईनेछ ।
- प्रदेशस्थित सबै किसिमका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सेवाको मापदण्ड र व्यवस्थापनको प्रभावकारीता बढाउन अनुगमन र मूल्यांकन पद्धति अवलम्बन गरिने छ ।
– स्वास्थ्य वीमा कार्यक्रम क्रमशः सवै जिल्लामा लागु गरिने छ । जेष्ठ नागरिक र फरक क्षमता (अपङ्गता) भएका व्यक्तिहरुको स्वास्थ्य प्रवर्धन गर्न नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने र दुर्गम क्षेत्रमा विशेष सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने नीति लिइनेछ जडिवुटिको संरक्षण, अध्ययन, अनुसन्धान, प्रविधिको विस्तार, नयाँ उद्योग स्थापना एवं व्यवशायीकरण र वजारीकरण गर्दै जडीवुटीको माध्यमबाट आय आर्जनमा वृद्धि गरिने नीति अवलम्बन गरिनेछ ।