नेपाल चिकित्सक संघले जनकपुर अञ्चल अस्पतालका मडिकल सुपरिटेन्डेण्ट डा राम परिक्षण यादवमाथी अस्पताल परिसरमै गरिएको दुव्यवहारप्रति भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।
संघले आज विज्ञप्ति जारी गर्दै दुव्र्यवहारमा संलग्नलाई कडा कारबाहीको माग गरेको हो। संघले दोषीलाई कारबाही नभए स्वास्थ्य सेवा प्रदान रोक्न सक्ने चेतावनी पनि दिएको छ।
‘जनकपुर अञ्चल अस्पतालका मडिकल सुपरिटेन्डेण्ट डा। राम परिक्षण यादवज्यू माथी अस्पताल परिसरमै गरिएको दुव्यवहारप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ, संघका महासचिव डा लोचन कार्कीद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘ तसर्थ त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने परिस्थितिप्रति सरोकारवाला निकायले गम्भिर रुपमा मनन गर्न यस संघ आग्रह गर्दछ।’
मेसु डा रामपरीक्षण यादवलाई युवाहरुको एक समूहले आइतबार दिउसो उनकै कार्यकक्षमा कालोमोसो दलेका थिए। घटनामा संलग्नलार्इ स्थानीय सुरक्षा निकायले पक्राउ गरिसकेको छ। संघले उनीहरुलार्इ कुनै पनि हालतमा रिहा नगरी कडा भन्दा कडा कारवाही गरी कानूनी शासनको प्रत्याभूति दिलाउन जोडदार माग गरेको छ।
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशिल सेवामा कार्यरत चिकित्सकहरुमाथी बारम्बार यस्तो प्रकारका निन्दनीय व्यवहारले स्वास्थ्य संस्थाको वातावरणलाई खलल पुगेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल समय सापेक्ष परिमार्जन गर्दै उक्त ऐन तथा नियमावलीमा बिना धरौटी जेल चलानको प्रावधान ल्याउन पनि माग गरेको छ।