विभिन्न २५ डेरीबाट उत्पादित दूधमा न्युट्रलाइजर सोडियम बाइकार्बोनेट (सोडा) मिसाएको पाइएको छ। जुन पाचन प्रणालीका लागि हानिकारक रहेको विशेषज्ञले बताएका छन्।
पोषणविद् डा जया प्रधान न्युट्रलाइजर युक्त खानाले पाचन प्रणलीमा समस्या ल्याउने बताउँछिन्। ‘यस्तो खानाले पखाला लाग्ने, टाउको दुख्ने र नशा सम्बन्धी समस्या ल्याउँछ,’ उनले भनिन्।
दूध सर्वगुण सम्पन्न पेय पदार्थ भपनि यसमा सोडा जस्तो अखाद्य वस्तु मिसाउँदा पोष्टिक तत्व नष्ट हुने उनको राय छ । उनका अनुसार दुुधबाट पाइने क्याल्सियम र प्रोटिन आवश्यक मात्रामा नपाइने प्रधानले बताइन्।
सोडा बाइकार्बोनेट भएकाले दूध जस्तै सेतो हुन्छ । यही कारणले दूधमा मिसाउने गरेको पाइएको हो । २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउँचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँच गर्दा ४० वटा पाउँचमा न्युट्रलाइजर सोडियम बाइकार्बोनेटको प्रयोग भएको पाइएको प्रवक्ता पूर्णचन्द्र वस्तिले बताएका छन्।
नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक)े मिसावट हुने देखिएको वस्तीले बताए । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूधमा न्युट्रलाइजरको प्रयोग गरेको अनुमान गरिएको छ ।