तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको एड्भान्स स्टडी अफ साइन्सेज 4 कलेज प्रशासनले विद्यार्थीका सुविधा कटौती गरेपछि विद्यार्थी आन्दोलित भएका छन्।
कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर पनि) जान पाउने सुविधाबाट बञ्चित गरिएको बताइएको छ । यसबारे प्रश्न उठाउँदा दुव्र्यवहार भएको विद्यार्थीहरुको गुनासो छ।
मोबाइल चलाउन र शनिबार घर जान नपाएपछि एक जना छात्राले छात्राबासको बाथरुमभित्रै हात काटेर आत्महत्या प्रयास गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच विवाद चर्किएको छ । कलेज प्रशासनको मनोमानी र दुव्र्यवहारका कारण विद्यार्थीले आत्महत्या प्रयास गरेको भन्दै छात्राहरुले होस्टेल वार्डेनको राजीनामा, नियमअनुसार विदाको दिन मोबाइल चलाउन र घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भएका थिए।
त्यही बाहनामा कलेज प्रशासनले सोमबारदेखि कलेजको पठनपाठन र होस्टेल अनिश्चितकालाका लागि बन्द हुने सूचना टाँसेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन्।
कलेजका प्रबन्ध निर्देशक चेतन भण्डारीले विद्यार्थीका कतिपय माग जायज भएको र कलेज प्रशासनबाट गल्ती भएको स्वीकार गर्दै वार्ताबाट समस्याको समाधान गरिने बताए।