काठमाडौं- सरकारले सबै प्रदेशमा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने नीति अनुसार प्रदेश २ मा पनि प्रतिष्ठान स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि प्रतिष्ठानको कार्यजिम्मेवारी निर्धारण गर्ने समिति बनाएको छ। मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलको सदस्यहरुमा प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका प्रमुख भोगेन्द्र डोटेल, त्रिवि शिक्षण अस्पतालका डा शतीस देव, स्वास्थ्य सेवा विभागका डा विवेकलाल कर्ण र अधिवक्ता मिथिलेस सिंह रहेका छन्।