चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसनमा बस्न लागेका डा गोविन्द केसी जुम्लाबाट पक्राउ परेका छन्।
पक्राउपछि उनले हिरासतमै भए पनि अनसन बस्ने अडान लिएका छन्।
'अनसन बस्न नदिने भए म प्रहरी कार्यालयमै जान्छु भनेपछि ल्याएका हौं,' डिएसपी डा तपन दाहालले भने, 'हाल उहाँ कार्यालयको प्रतीक्षालयमै हुनुहुन्छ।'
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिउँसो २ बजेदेखि अनसन बस्ने उनको तयारी थियो। तर हिजै स्थानीय प्रशासनले प्रतिष्ठान वरिपरि निषेधित क्षेत्र घोषणा गरेपछि स्थानीयको साथमा उनी जिल्ला प्रशासन कार्यालय घेराउमा थिए। करिब ३ सयभन्दा बढी स्थानीयले उनलाई साथ दिएका थिए।
प्रहरीले डा केसीलाई अस्पताल परिसरमा प्रवेश गर्न पनि रोक लगाएको थियो।