सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ। डा गोविन्द केसीको माग अनुसार तयार पारिएको अध्यादेशमा केही बुँदा संशोधन गरेर प्रतिस्थापन विधेयक पेश गरिएको हो।
सरकारले अध्यादेशका केही बुँदा थपघट गरेपछि असहमति जनाउँदै डा केसीले शनिबारबाट जुम्लामा अनसन थालेका छन्। काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने गरी आफूसँग पहिले गरिएको सहमतिको बुँदालाई हटाएर नयाँ स्वरुपमा विधेयक ल्याउन लागिएको भन्दै उनी असन्तुष्ट भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने उक्त व्यवस्था खारेज नगरी चिकित्सा शिक्षा आयोगलाई अधिकार दिइएको बताएका छन्।
प्रतिनिधिसभाको आजको जारी बैठकमा सांसदहरुले विधेयकमाथि आआफ्ना धारणा राखिरहेका छन्।
यस्तो छ चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक-