काठमाडौं– दुईदिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतिघर मण्डलामा नाराबाजी गर्नेहरु पक्राउ परेका छन् । डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिँदै माइतिघरमा भेला भएका थिए।
माइतिघर मण्डलालाई सरकारले विरोध प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा युथ काँग्रेसका सचिन तिमिल्सिना, अनिलप्रताप अधिकारी, राजकुमार गुरूङ, सुनिल थापा, अभिनाश सिलवाल र चेतन बुढाथोकी छन्। उनीहरुलार्इ अनामनगर प्रहरी कार्यालयमा लगिएको छ।
