काठमाडौं- डा गोविन्द केसीको मागमा एक्वेवद्धता जनाउँदै मुगु र कालिकोट जिल्लाका डाक्टर तथा स्वास्थ्यकर्मी पनि आन्दोलनमा उत्रेका छन्। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गर्नेदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
मुगु अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन्। अस्पतालले चिकित्सक संघ कर्णाली शाखाको अपिल अनुसार नै सेवा बन्द गरेको जनाएको छ।
यस्तै, कालिकोट अस्पतालमा पनि चिकित्सक संघको अपिल अनुसार आन्दोलनका कार्यक्रममा सहभागि हुने भएको छ। कलिकोटका डाक्टरले कालोपट्टी बाँधेर काम गरिरहेका छन्। उनीहरुले अब चिकित्सक संघको अपिल अनुसार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आकस्मिक बाहेकका सेवा ठप्प पारिसकेको छ।

