जुम्ला- डा गोविन्द केसीको मागप्रति एक्वेवद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु अान्दोलनमा उत्रेका छन्। उनीहरुले डा केसीकाे जीवन रक्षाको माग गर्दै अाजदेखि प्रतिष्ठानको शिक्षण अस्पतालमा अाक्समिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।
डा केसीकाे स्वास्थ्य अवस्था जटिल भइसक्दा समेत प्रशासनले अवरोध गरेपछि प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु प्रतिष्ठान छाडेर डा केसीको अनसनस्थलमा जम्मा भएका छन्। उनीहरुले डा केसीको माग पुरा गर्नुपर्ने, डा केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेका छन्।
डा केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि प्रतिष्ठानबाट अनसनस्थलमा खटिएका मेडिकल टिमले समेत हात झिकेका छन्।
स्थानीय प्रशासनले डा केसीलाई अनसनका लागि राखेको ठाउँमा उपचारका लागि जोखिम लिन नसक्ने भन्दै उनीहरुले हात झिकेका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले डा केसीलाई कवर्डहलमा लगरे राखेको थियो। डा केसी सोही भवनको भुइँमा अनसन बसिरहेका छन्।
प्रतिष्ठानका डाक्टर तथा कर्मचारी अाज सोही स्थानमा भेला भएर डा केसीको मागमा समर्थन गरिरहेका छन्।


