शिक्षाविद केदरभक्त माथेमाले काठमाडौंमा मात्र मेडिकल कलेज खोल्न नहुने बताएका छन्। राजधानीमा आज आयोजित कार्यक्रममा माथेमाले गुणस्तरीय उपचारको पहुँच बढाउन भौगोलिक आधारमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
‘काठमाडौंमा मात्र मेडिकल कलेज खुल्दा गुणस्तरीयता हुँदैन। सीप नभएका जनशक्ति उत्पादन हुने खतरा छ,’ उनले भने, ‘त्यसकारण हामीले क्षेत्रियताका आधारमा मेडिकल कलेज खोल्नुपर्छ भनेर सुझाब दिएका हौँं।’
उनले मेडिकल कलेजको पढाइ सैद्धान्तिक मात्र नभई प्रयोगात्मक पनि हुने भएकाले सीपयुक्त डाक्टर उत्पादन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए।