काठमाडौं- सरकारले संसदमा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयकमा विवाद अाएको भन्दै फिर्ता लिने र संशाेधनसहित पुनः पेश गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विधेयक फिर्ता लिएर पुन: पेश गर्ने निर्णय भएको बताए।
सरकारले डा केसीकाे माग अनुसार अाएकाे चिकित्सा शिक्षा अध्यादेशका महत्वपूर्ण विषयहरु हटाएर अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको थियो। व्यापरी पोस्ने विधेयक भन्दै डा केसीले त्यसको विरोधमा अनसन सुरु गरेका छन्। डा केसीले अध्यादेशलार्इ जस्ताको तस्तै पारित गर्न मा गरेका छन्।