जुम्लामा अनसनरत डा गोविन्द केसीको समर्थनमा देशभरिबाटै चिकित्सहरु ऐक्यबद्ध हुन थालेका छन् । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थीले जितेको चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्वतन्त्र विद्यार्थी युनियन समेत डा केसीका पक्षमा उभिएको छ । युनियनका अध्यक्ष मिलन गैह्रेले विज्ञप्ति जारी गर्दै ‘अनसनरत निष्ठावान प्राध्यापक तथा जिम्मेवार नागरिक डा केसीप्रति युनियनको पूर्ण समर्थन’ रहेको बताएका छन्।
स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि माफियाको जालो झांगिएको र त्यसलाई तोड्न सरकारले नसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जथाभावी खुलेका हस्पिटलहरु र मापदण्ड नपु¥याइ सम्बन्धन दिइएका मेडिकल कलेजहरुले देशको स्वास्थ्य क्षेत्रलाई जीर्ण तुल्याएका छन् । त्यसमाथि चिकित्सकको जीवनमाथि खेलबाड गर्न निमित्त लादिएको प्रतिस्थापन विधेयकको समेत युनियर घोर भत्र्सना गदयर घोर भत्र्सना गर्दछ।’ डा केसीका माग सम्बन्धन गर्न सरकारसँग माग गरिएको छ । याथशिघ्र माग सम्बोधन नगरिएको कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।’
नेपाल चिकित्सक संघ सुर्खेत शाखाले ऐक्यबद्धता
डा केसीका मागप्रति नेपाल चिकित्सक संघ सुर्खेत शाखाले ऐक्यबद्धता जनाएको छ । दुई दिनदेखि कालो पट्टी बाँधेर काम गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकहरुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन्।
विज्ञप्तिमार्फत् चिकित्सहरुले डा. केसीको जीवनरक्षाका गर्न सरकारसँग माग गरेका छन् । कुनै पनि समय अप्रिय घटना हुनेतर्फ सचेत रहँदै सरकारलाई अविलम्ब समस्याको समाधान गरी केसीको जीवन रक्षा गर्न संघ जोडदार माग गरिएको छ।
डिसोनद्वारा खेद प्रकट
नेपाल सरकारसंग पटक–पटक सम्झौता र सहमती भएपनि कार्यान्वयन नभएको भन्दै डक्टर्स सोसाइटी अफ नेपाल (डिसोन)ले खेद प्रकट गरेको छ। आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर आम नेपालीको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारको रक्षार्थ होमिएका डा केसीलाई धोका दिएर पन्ध्रौं पटक आमरण अनसन बस्न बाध्य पार्ने सरकारको रवैयाप्रति खेद प्रकट गरिएको छ।
प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित व्यवस्थाको हिमायती भन्ने सरकारले आम नागरिक स्वास्थ्य परीक्षण गर्न पाउने अधिकार कुन्ठित गरिएको डिसोनको बुझाइ छ । साथै भनिएको छ, 'बिगतमा सरकारसँग भएका सम्झौता सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाको लागि 'विना धरौटी जेल चलान' र चिकीत्सकहरुको न्युनतम पारिश्रमिक निर्धारण र सेवा अभिबृदि सम्बन्धिको माग तत्काल पूरा गर्न सरकार लगायत सम्बन्धित निकायको ध्यानआकर्षण गराउन चाहन्छौ।' यसैगरी आम चिकित्सक बिधार्थीहरुको माग र माथेमा प्रतिबेदनमा समेत प्रष्ट उल्लेख गरिएको चिकित्सा स्नातकोत्तरको पढाई नेपालका सम्पूर्ण निजी मेडिकल कलेजहरुमा समेत पूर्णरुपमा निशुल्क, आगामी शैक्षिक सत्रदेखि नै गर्न माग गरिएको छ।
बयलपाटाका ७ डाक्टरको समर्थन
अछामस्थित वयलपाटा अस्पतालमा कार्यरत ७ डाक्टरले डा केसीका मागमा समर्थन जनाएका छन्। चिकित्सा शिक्षा सुधार र सुलभ गुणस्तरीय चिकित्सा सेवाका लागि उनका माग जायज रहेको भन्दै विज्ञप्तिमार्फत समर्थन जनाइएको हो।
समर्थन जनाउनेमा डाक्टरहरु नवीन भट्ट, विष्णु भण्डारी, विप्लव श्रेष्ठ, जयराम केसी, धिरज झा, शितल खनाल र सुदन सुवेदी छन्।