सोलीडारिटी फर डा केसी अलायन्सले विज्ञप्ती सार्वजनिक गर्दै डा.गाेविन्द केसीकाे समर्थनमा भाेलि माइतीघरमा १२ बजे प्रदर्शन गर्ने भएकाे छ।
सरकारले काठमाडौँ लगायत देशभर सम्बन्धित जिल्लाका केही निश्चित ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाउने भन्नेमा अापत्ती जनाउँदै अलायन्सले यस व्यवस्था खारेज गर्न माग गरेकाे छ।
साथै आफ्नो छोराको हत्याको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको माग एक महिनाभन्दा बढी समयदेखि अनसन बसिरहेकी गंगामाया अधिकारीकाे कुरा पनि सुनियाेस् भन्ने अलायन्सले अागह गरेकाे छ।
विज्ञप्तिमा लेखिएकाे छ 'डा. गोविन्द केसीले चिकित्सा सुधारको विषयलाई लिएर १४ पटकसम्म सत्याग्रह गर्नुभएको र प्राय: सबैको समाप्ति सरकारसँग केही सम्झौता गरी भएका थिए जसको फलस्वरुप केही सुधारका कार्यहरु पनि विभिन्न दलको नेतृत्वमा बनेका सरकारले लागु गरेका थिए। विगतको १४ औं अनसनको उपलब्धि स्वरुप सरकारले चिकित्सा शिक्षा सम्बन्धी अध्यादेश जारी गर्यो जसको अवधि यही असार २० गतेबाट समाप्त भयो । त्यसलाई प्रतिस्थापन गर्न बनेको विधेयक केही निश्चित व्यापारीहरुको हितमा तयार गरिएको छ जुन चिकित्सा क्षेत्रका विद्यार्थी तथा आम नागरिकको हितमा छैन।'
चिकित्सा सुधारको विषयलाई लिएर जुम्लामा असार १६ गतेदेखि अन्सन बसिरहेका डा.केसीकाे याे १५ अाैँ अनसन हाे।