काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा रहेका ३० वटा सामुदायिक अस्पताललाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।
मन्त्रालयले ‘सामुदायिक अस्पताललाई अनुदान दिने सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३' अनुसार अनुदान दिने निर्णय गरेको हो।
चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार मन्त्रालयले अस्पतालहरुलाई २५ लाखदेखि ५२ लाखसम्म अनुदान रकम दिने भएको छ।
सबैभन्दा बढी अछामको बयलपाटा अस्पताललाई ५२ लाख ९६ हजार रुपैयाँ र सबैभन्दा कम भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानलाई २५ लाख २५ हजार अनुदान दिने निर्णय भएको छ।
स्रोतका अनुसार, अनुदान पाउनेमा अधिकांश राजनीतिक रुपमा निकट र पहुँच भएका अस्पतालहरु छन्।
कुन अस्पताललाई कति अनुदान?
