हड्डी शरीरको महत्वपूर्ण अङ्ग हो। अर्थात् शरीरको पिलर हो, जसले शरीरलाई मजबुत बनाएको हुन्छ।हड्डीले शरीरभित्रको महत्वपूर्ण अङ्गलाई बाहिरी चोटबाट बचाउँछ।
जन्मेको १८ देखि २० वर्षसम्ममा हाम्रो शरीरमा ९० प्रतिशत हड्डीको विकास भइसकेको हुन्छ। त्यसपछि यसको विकास हुने क्रमस्थिर रहन्छ।
उमेर बढ्दै जाँदा हड्डी कमजोर हुन थाल्छ। पुरुषको ५० वर्ष उमेर कटेपछि र महिला ४५ वर्षपछि, अझ भनौं महिनावारी रोकिएपछि तीव्र रुपमा हड्डीकोघनत्व कम भएर कमजोर हुन थाल्छ।
उल्लेखित उमेर समूहका व्यक्ति धरैजसो हड्डी भाँचियो भनेर आउनुहुन्छ। उहाँहरुलाई उमेरनपुग्दै किन हड्डी कमजोर भयो भन्ने थाहा नै हुँदैन। त्यसको कारण ओस्टियोपोरोेसिस हुन्छ।
ओस्टियोपोरोेसिस हड्डीको एउटा यस्तो अवस्था हो, जुन उमेरको तुलनामा हड्डी कमजोर भई भाँच्चिने जोखिम बढी हुनु हो। अर्थात् हड्डीको भित्री भाग धमिराले काठलाई खाएर कमजोर बनाएझैं हुनु हो।
पुरुषको तुलनामा महिलाको हड्डी धेरै छिटो र दोब्बर गतिमा कमजोर हुन थाल्दछ। सामान्य अवस्थामा पनि पुरुषको भन्दा महिलाको हड्डी १० प्रतिशतले कमजोर हुन्छ। यसको मुख्य कारण महिलाको हर्मोन हो।
किन हुन्छ ओस्टियोपोरोेसिस ?
यो दुई किसिमको हुन्छ। एउटा ओस्टियोपोरोेसिसको कारण नै थाहा हुँदैन। जसलाई प्राइमरी कारण भनिन्छ। शारिरीक अभ्यास नगर्नेलाई, धूमपान÷मद्यपान गर्नेहरुलाई पनि ओस्टियोपोरोेसिस हुन्छ, यो भने सेकेन्डरी कारण हो।
हड्डीविभिन्न कारणले कमजोर हुन सक्छ। मुख्य कारण उमेर नै हो। करिब ७० प्रतिशत वंशाणुगत कारणले हुन्छ। आमाबाबु वा अघिल्लो पुस्तामा कसैलाई ओस्टियोपोरोेसिस छ भने पछि जन्मने सन्तानमा पनि ओस्टियोपोरोेसिस हुने सम्भावना बढी हुन्छ। हड्डीमा स–साना छिद्र हुन्छन्। उमेर बढ्दै जाँदा छिद्रहरु पनि ठूला हुँदै जान्छन्। जति छिद्र ठूलो हुन्छ, हड्डी पनि कमजोर हुँदै जान्छ। ती छिद्रबाट रगत, पानीको सर्कुलेसन हुन्छ। उमेर बढ्दैछिद्र पनि बढ्दै जाने हुनाले घनत्व कम भई भाँच्चिने सम्भावना हुन्छ।
उमेरअनुसार मानिसको तौल बढी भयो, दीर्घ रोग जस्तै– मधुमेह, छारेरोगको औषधि खाने बिरामी, मुटुरोग, मिर्गौला रोग, थाइराइड भएका व्यक्तिको हड्डी कमजोर हुन्छ। यस्ता बिरामीको हड्डी पनि सामान्य कारणले भाँच्चिने जोखिम धेरै हुन्छ।
लक्षण
ओस्टियोपारोेसिस भएको निकै ढिलो पत्ता लाग्छ। यसको पहिलो लक्षण भनेको जोर्नी दुखाइ हो। कम्मर, हिप, मेरुदण्डको मन्द दुखाइ लामो समयसम्म हुन्छ। दोस्रो मानिस विस्तारै कुप्रो हँुदै जान्छ। मेरुदण्ड भाँच्चिने, कम्मर, हिपको हड्डी भाँच्चिने हुन्छ। महिलामा सबैभन्दा बढी नाडी भाँच्चिन्छ। महिनावारी रोकिएपछि नाडीको जोर्नी भाँच्चिएर आउने धेरै हुन्छन्।
उपचार
ओस्टियोपारोेसिस एक्स–रेमा पनि २०देखि ३० प्रतिशतसम्म हड्डी खिइएपछि मात्र थाहा हुन्छ। त्यसपछि तौल लिएर गर्ने व्यायाम,क्याल्सियम र भिटामिन डीका औषधि दिइन्छ। तर, यी औषधि लामो समय खान भने हुँदैन। चिकित्सकको सल्लाहअनुसार मात्र खानुपर्छ। ती औषधिले हड्डी खिइने क्रम रोकी हड्डी बलियो बनाउने तत्वको विकासमा सहयोग पु¥याउने गर्छ। चिकित्सकले आवश्यकताअनुसार खाने औषधिका साथै इन्जेक्सन पनि दिने गर्छन्।
रोकथाम
ओस्टियोपोरोेसिसबाट बच्ने राम्रो उपाय भनेको स्वस्थ खाना खाने, शारीरिक व्यायाम गर्ने, धूमपान नगर्ने, मद्यपान नखाने, क्याल्सियम, भिटामिन डीयुक्त खानेकुरा खाने, तौल सन्तुलन राख्ने गर्नुपर्छ। किनकि उमेर बढ्दै जाँदा ओस्टियोपोरोेसिस हुने क्रम बढ्ने भएकाले लक्षण देखिनासाथ चिकित्सककहाँ जँचाउनुपर्छ। केही विशेष खालका व्यायाम हुन्छन्, जुन चिकित्सकको परामर्शअनुसार गर्नुपर्छ।