विश्व स्वास्थ्य

क्यान्सरको उपचारपछि बलिउड अभिनेत्री सोनाली घर फर्किइन्, के हो उनलाई लागेको क्यान्सर?

स्वास्थ्य खबरपत्रिका

एजेन्सी- बलिउड अभिनेत्री सोनाली बेन्द्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्केकी छिन्। उनी सोमबार बिहान सबेरै मुम्बई फर्किएकी हुन्।

उनको स्वास्थ्यमा सुधार आएपछि न्युयोर्कबाट फर्किएकी हुन्। सोनालीको श्रीमान गोल्डी बेहलका अनुसार सोनालीको स्वास्थ्यमा राम्रो सुधार आएपछि थप उपचारका लागि न्युयोर्क जानु नपर्ने भएको छ। 

सोनालीको श्रीमान बेहलले उनको अरु बिरामीझै नियमित स्वास्थ्य जाँच भने गराउनु पर्ने बताए। 'अब सोनालीको उपचार पूरा भएको छ र उनी पूर्णरुपमा स्वस्थ भएकी छिन्', उनले भने 'उपचारपछि उनलाई घर फर्काउन पाएकोमा अत्यन्त खुशी लागेको छ।' 

सोनालीलाई हाई ग्रेड क्यान्सर भएको छ। उनले गत ४ जुलाईमा आफूलाई क्यान्सर भएको खबर इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन्। ‘हाल गरिएको स्वास्थ्य जाँच पछि मलाई हाईग्रेड मेटास्टेटिस क्यान्सरको संक्रमण भएको थाहा पाएँ । यसको मैले कल्पनासम्म पनि गरेकी थिएन। लगातार हुने दुःखाई पछि मैले आफ्नो जाँच गराउँदा चकित पार्ने रिपोर्ट पाएँ’ सोनालीले त्यतीबेला लेखेकी थिइन्।

त्यसपछि उनी उपचारका लागि न्युयोर्क पुगेकी हुन्। करिब ६ महिनादेखि उनी न्युयोर्कमा उपचाररत थिइन्।

अभिनेत्री बेन्द्रेको क्यान्सर ‘हाईग्रेड मेटास्टेटिस’ क्यान्स हो। चिकित्सकहरुका अनुसार हरेक मेटास्टेटिस क्यान्सरले ज्यानै लिन्छ भन्ने हुन्दैन। कयौं केशमा यस प्रकारको क्यान्सरको उपचार पनि सम्भव हुन्छ।

सोनालीको श्रीमानले दिएको जानकारी अनुसार पनि उनको उपचार सम्भव भएको र उनी स्वस्थ भएको कुरा भारतिय सञ्चार माध्यमले लेखेका छन्।

डाक्टरका अनुसार हाईग्रेडको अर्थ दुई प्रकारका छन्, पहिलो प्राइमरी ओरिजन परिवर्तन भइसकेको र दोस्रो ट्यूमर खालको। क्यान्सरको उपचार सफतलाको आधारमा यसलाई ग्रेडमा विभाजन गर्ने गरिन्छ, जसमा खतरनाक क्यान्सरलाई हाइग्रेड भनिन्छ।

शरीरका विभन्न अंगमा हुने क्यान्सर भन्दा हड्डी र मांशपेशीमा हुने क्यान्सर ‘हाइ ग्रेड’ को हुन्छन्। धेरैजसो शरीरको सफ्ट टिस्यूमा क्यान्सर भएमा ‘हाई ग्रेड क्यान्सर’ भन्न सकिने डाक्टरहरु बताउँछन्। 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live