विश्व स्वास्थ्य

क्याम्ब्रिजका बैज्ञानिकले पत्ता लगाए क्यान्सर जाँच्ने नयाँ तरिका

स्वास्थ्य खबरपत्रिका

एजेन्सी– बेलायतको क्याम्ब्रिज इन्सिट्युटका बैज्ञानिकले क्यान्सरको एक भर्चुअल रियालिटी थ्रीडी मोडल बनाएका छन् । जसले क्यान्सरको जाँच र उपचार सहज बनाउनेछ।

यस नयाँ तरिकाबाट ट्युमरको नमूनाको अझै विस्तृत रुपमा जाँच गर्न सकिने बताइएको छ । यो तरिका यसकारण पनि फाइदाजनक छ कि यसबाट कोशिकाहरु अनेक तरिकाले जाँच्न सकिनेछ । साथै कोशिकाकोे नक्सा समेत उतार्न सकिनेछ। 

शोधकर्ताका अनुसार यसको मद्दतले क्यान्सकारे जटिलतालाई राम्ररी बुझ्न सहयोग पुग्नेछ । क्यान्सरको जटिलता बुझ्न सहयोग मिलेसँग यसको उपचार पद्धति पत्ता लगाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

शोधकर्ताका अनुसार यो तरिका विकसित गर्नका लागि ब्रेस्ट क्यान्सरको एक मिलिमिटर आकारेको टुक्रा लिइयो । जसमा लगभग एक लाख कोशिका थिए। 

यसलाई पातलो स्लाइसमा काटियो । तिनलाई स्क्यान गरियो र तिनीहरुमा निशाना बनाइयो ता कि  उनीहरुको डिएनको जाँच गर्न सकियोस्। 

भर्चुअल रियालिटीको प्रयोग गरेर फेरि ट्युमर बनाइयो । थ्रीडी ट्युमरको विश्लेषण भर्चुअल रियालिटी प्रयोगशालामा हुन सक्छ । भर्चुअल रियालिटी सिस्टमको माध्यामबाट जहाँबाट पनि यो जाँच गर्न सकिन्छ।

क्यान्सर रिसर्च युके क्याम्ब्रिज इन्सिच्युटका प्रोफेस ग्रेग ह्याननले भने, ‘कसैले पनि यो भन्दा पहिला यति डिटेलमा ट्युमरको जाँच गरको छैन । कुनैपनि क्यान्सर जाँचको यो बिलकुल नयाँ र आधुनिक तरिका हो।’

क्याम्ब्रिजका प्रमुख बैज्ञानिक प्रोफेस क्यारन बुस्डन लन्डनको फ्रान्सिस क्रिक इन्सिट्युटमा प्रयोगशाला चलाउँछन् । जहाँ स्तो जाँच हुन्छ कि कुनै विशेष जिन क्यान्सरबाट बच्न सहयोगी हुन्छ । बुस्डनले भने, ‘यदि हामी नयाँ उपचार प्रक्रिया खोजिरहेको छौ भने यो जान्न जरुरी छ कि क्यान्सरका कोशिका एकअर्कासँग कस्तो व्यवहार गर्छन्।’ 

उनको अनुसार यसअघि टूडी सिस्टम प्रयोग हुन्थ्यो । यसको तुलनामा थ्रीडी सिस्टम निकै लाभदायी हुनेछ । बीबीसीबाट
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने