काठमाडाैं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे हल्ला अफवाह मात्र भएकाे बताइएकाे छ। सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे नर्भिक अस्पतालले जनाएकाे छ।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे एक जनाकाे मृत्यु भएकाे भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएकाे थियाे। अस्पतालले याे हल्लाकाे पछि नलाग्न आग्रह गरेकाे छ।
अस्पतालका अध्यक्ष बसन्त चौधरीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताए। उनले अस्पतालको नाम जोडेर भ्रामक सन्देश फैलाउनेलाई साइबर क्राइम सेल र स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको पनि बताए।
'यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो। नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु। यस विषयलाई हामीले साइबार क्रामइ सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं,' उनले भने।
नर्भिक अस्पतालमा काेराेनाबारे कुनै परीक्षण नहुने अस्पतालले जनाएकाे छ। उसले काेराेना भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै काेराेनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएकाे जनाएकाे हाे।
यो पनि :