काठमाडाैं- भारतमा काेराेना भाइरसकाे संक्रमण बढ्दाे रुपमा देखा परेकाे छ। राजस्थान, मध्यप्रदेश, हिमाचल प्रदेश, गुजरात, उत्तर प्रदेश र तेलंगानामा ४० भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।
भारतका २२ राज्यमा काेराेनाबाट २७५ जना संक्रमित भएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी ५२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
कोरोनाका कारण भारतमा ५ जनाको मृत्यु भएको छ।
यसअघि भारतका २० राज्यमा काेराेना भाइरस फैलिएको थियाे। शुक्रबार बिहानसम्म भारतमा काेराेनाबाट १९५ जना संक्रमित भएका थिए।
काेराेनाका कारण महाराष्ट्रका चार सहरहरु मुम्बई, पुणे, नागपुर र पिम्परी चिंचवड र छत्तिसगढकाे राजधानी रायपुरमा लकडाउन भएकाे छ। दिल्ली र उत्तर प्रदेशका सबै मलहरू बन्द गरिएका छन्। कर्फ्यूको कारण आइतबार २२ घण्टा रेल सेवा देशभरि नै बन्द हुने भएकाे छ।
यो पनि :