काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबारमात्र ४ सय ४६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वमा ११ हजार ८ सय २६ पुगेको छ।
१ सय ८६ देशमा फैलिएको संक्रमणबाट २ लाख ८३ हजार ६१ जना संक्रमित भएका छन्। ९३ हजार ५ सय ३५ जना उपचारपछि निको भएका छन्। शनिबारमात्र ७ हजार ५ सय ५ नयाँ संक्रमित थपिएका छन्।
यो समाचार तयार पार्दासम्म शनिबारमात्र चीनमा ७, स्पेनमा २ सय ३३, इरानमा १ सय २३, जर्मनीमा २, अमेरिकामा १९, दक्षिण कोरियामा ८, बेल्जियममा ३०, इण्डोनेसियामा ६, सिंगापुरमा २, डेनमार्कमा ४, बुर्किना फासोमा २ जनाको मृत्यु भएको छ।
अष्ट्रिया, स्विजरल्याण्ड, मेलसिया, पोर्चुगल, फिपिन्समा, मेक्सिको, बंगलादेश, डेमोक्रेटिक रिपब्लिक अफ दि कोङ्गो (डिआरसी), पाराग्वे, मोरिससमा १/१ गरी ४ सय ४० जनाको मृत्यु भएको छ।
चीनमा अहिले ८१ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। ७१ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्। चीनमा शनिबारमात्र ४१ नयाँ संक्रमित भेटिएका छन्।
इटालीमा ४ हजार ३२ जनाको मृत्यु भएको छ। ४७ हजार २१ जना संक्रमित भएका छन्। स्पेनमा शनिबार २ सय ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यहाँ एकै दिन ३ हजार ३ सय ५५ नयाँ संक्रमित थपिएका छन्। योसँगै स्पेनमा संक्रमितको संख्या २४ हजार ९ सय २६ र मृतकको संख्या १ हजार ३ सय २६ पुगेको छ।
इरानमा २० हजार ६ सय १० संक्रमित छन्। जसमध्ये ९ सय ६६ शनिबार थपिएका छन्। त्यहाँ १ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा २० हजार १ सय ४२, अमेरिकामा १९ हजार ७ सय ७४, दक्षिण कोरियामा ८ हजार ७ सय ९९ जना संक्रमित भएका छन्।
यो पनि :