काठमाडौं- बलिउडसँगै हलिउडमा पनि आफ्नो नाम बनाईसकेकी अभिनेत्री हुन् दीपिका पादुकोण। ३६ वर्षीय पादुकोण बलिउडका अन्य अभिनेत्रीको तुलनामा फिट देखिन्छिन्। ठ्याक्कै समय तालिका नभए पनि उनी दैनिक रूपमा कसरत र व्यायाम गर्छिन्।
उनी बिहानको खाजामा दुई अण्डा, कम फ्याट भएको दूध वा इडली या डोसा खान्छिन्। बिहानको खाना खानु भन्दा अघि उनी केही फलफूल खान्छिन्। खानामा उनी चपाती, माछा र ताजा तरकारी खान रुचाउँछिन्।
उनीले साँझको खाजामा नट र फिल्टर कफी खाने गरेकी छन् भने बेलुकीको खानामा चपाती, तरकारी र ताजा सलाद खान्छिन्। समय समयमा केही न केही खाई रहने उनी खाली पेटमा भने कहिल्यै हुँदिनन्। उनी हरेक दुई घण्टापछि फलफूल वा ताजा जुस या नरिवलको पानी र स्मूदी खान्छिन्।
उनी डार्क चकलेटहरू मन पराउँछिन्। उनी दिनको दुई लिटर पानी पिउँछिन्। उनी शरीरलाई उपयुक्त हुने खाने कुरा मात्रै खानु पर्ने धारणा राख्छिन्।
उनी आफ्नो दिनको सुरुवात योग र स्ट्रेचर एक्सरसाइजबाट गर्छिन्। यसले उनलाई स्फूर्ति, ऊर्जा र मन र शरीरलाई शान्त बनाउन मद्दत गर्छ, यसले शरीरबाट विषाक्त पदार्थहरू पनि निकाल्छ।
दीपिका प्रायः पिलेट्स र योग गर्छिन्। उनी धेरै जिम भन्दा पनि दौडिन, हिँड्न मन पराउँछिन्। उनी समय हुने बित्तिकै ध्यान गर्छिन्। उनी बिहान बेलुका आधा घण्टा हिँड्न पनि रुचाउँछिन्। उनका पर्सनल फिटनेस ट्रेनर यामिन कराचीवाला हुन्।
उनले एउटा अन्तरवार्तामा भनेकी थिइन्, ‘तपाईँले के खानुहुन्छ भन्ने कुराले तपाईँ कस्तो देखिन्छ भनेर प्रतिबिम्बित गर्दछ त्यसैले तपाईँ स्वस्थ खानाहरू खानु पर्छ।’
त्यसैले उनी सधैँ स्वस्थ आहारको पालना गर्छिन् र त्यसैमा अडिग रहन्छिन्।