काठमाडौं- बलिउड अभिनेत्री डेजी शाहलाई ब्याकराउन्ड डान्सरबाट स्टार हिरोइन बनाउन सलमान खानको प्रत्यक्ष भूमिका रहेको बताइन्छ। तर, फिटनेसका लागि समेत चिनिने डेजीले आफू जिमखाना सलमानकै कारण पुगेको बताएकी छिन्। आफूलाई दुरुस्त राख्न सफल मध्ये एक उनले सलमान एकैपटकमा १५०० सयपटक पुसअप गर्न सक्ने दाबी समेत गर्छिन्।
उनी अहिले मुम्बनइ बान्द्रास्थित जिम रिसेटमा नियमित एक्सरसाइज गर्छिन्। जहाँ शाहिद कपुर, विक्की कौशल, रणवीर सिंह, संगीता बिजलानी, हुमा कुरैशी, दिशा पाटनी जस्ता बलिउडका स्टारहरु पसिना बगाइरहेको भेट्न सकिन्छ।
बलिउडमा थुप्रै कलाकार छन्, जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।
'जय हो' कि जोडी डेजीसँग सलमानको अतिरिक्त लगाव रहेको कुरा पनि बेलाबखत आउने सेलाउने गर्छ। यहीबीच डेजीले फिटनेस र सलमानलाई लिएर खुलस्त बातचित गरेकी हुन्।
उनी भन्छिन्, 'सलमान खान मेरा मेन्टर हुन्। उनी सधैं मेरो फिटनेसका लागि ध्यान दिने गर्थे। म आफूलाई भाग्यमानी ठान्छु कि मेरो जीवनमा सलमान छन्, जसले मलाई मार्गदर्शन गरे। करियमा मात्रै होइन, व्यक्तिगत जीवमा समेत मलाई उनले गुन लगाएका छन्।'
सलमानको एउटा भनाइ उले अहिले पनि सम्झिएकी छिन्, 'डेजी जुन दिन तिमी आफूमाथि काम गर्न सुरु गर्छ्यौं, दुनियाँ आफैं तिमीलाई हेर्न सुरु गर्नेछ।' त्यसपछि उनी अरुलाई खुशी बनाउन भन्दा आफूलाई खुशी बनाउन सक्रिय रहिन्। जसले आफूलाई ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।
आफू १५ वर्षदेखि मिक्स्ड वर्कआउट गरिरहेको बताउँछिन्। उनी कहिले पिलेट्स त कहिले कार्डियो, कहिले इलेक्ट्रिकल मसल स्टिमुलेशन, त कहिले डान्स। एउटै खालको अभ्यासले आफू बोर हुन सक्ने भएकाले फरक-फरक गरिरहेको उनी बताउँछिन्।
सलमानको फिटनेसका बारेमा डेजी :
सलमान आफ्नो फिटनेसलाई लिएर असाध्यै गम्भीरु छन्। उनको वर्कआउट देखेर मेरा हातखुट्टामा दुखाइ सुरु हुन्छ। वर्कआउटका मामलामा उनी एक एक्सट्रेमिस्ट हुन्। पत्याउनुहोस्, उनी एकपटकमा १५०० पुसअप गर्न सक्छन्। साथै ५०० स्क्वाट्स गर्न सक्छन्।
म उनलाई सधैं सुपरह्युमन भनेर बोलाउँछु । उनीसँग मैले सँगै एक्सरसाइज गरें भने बिरामी भइहाल्छु। उनी लागिरहन्छन् म भने बीचमै छाड्छु। 'जय हो'को समयमा म दिनमा दुईपटक दुई-दुई घन्टा वर्कआउट गर्थें। 'रेस ३'मा पुग्दा त म निकै फिट भइसकेकी थिएँ।