काठमाडौं-भारतीय अभिनेता ऋतिक रोशनले वैशाखीको सहारामा यताउति गरिरहेको तस्विर हालेका छन्। मसल्समा समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार वैशाखी टेकेका हुन्।
बिहान उठ्नेबितित्कै राम्रोसँग उभिनसमेत समस्या आएपछि उनले चेकजाँच गराएका हुन्।
उनले लेखेका छन्, 'वैशाखी चाहिने भएपछि मेरो हजुरबाको याद आएको थियो। जसले एकपल्ट एअरपोर्टमा ह्विलचियरमा जान इन्कार गर्नुभएको थियो। उहाँ आफूलाई अरुका अघि कमजोर देखाउन चाहनुहुन्थ्यो।'
आफूले आफ्नो हजुरबालाई मात्रै एउटा चोट भएकाले उमेरसँग लिनुदिन नरहेको बताउँदै सम्झाएको बताए। तर आफ्नो पिताको सोच आवश्यक पर्दा सहयोग लिनुपर्ने रहेको बताए। आफू पनि त्यसमा सहमत रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'खाश ताकत आराम, संयम र पूर्ण रुपमा जागरुक हुनुमा छ। सभी समस्याका बाबजुद सधैं मेसिन गनका साथ 'भाड में जाओ' भन्नेवाला रेम्बो हुनु नै शक्ति होइन।'