काठमाडौं– एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।
प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्। ‘सशक्त महिला, सवल राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। यो प्रतियोगितामा नर्सिङ पेशामा रहेकाहरुका व्यक्तिगत विशेषतालाई लिएर प्रतिस्पर्धा हुने गर्छ। स्वास्थ्यलाई पेसाका रुपमा अंगालेकाहरुको सौन्दर्यमा रहेको रुचिलाई उजागर गर्दै विभिन्न व्यवहारिक सीपज्ञान सिकाउन यो प्रतियोगिता गर्ने गरिएको अध्यक्ष रवि धमला बताउँछन्।
उनले भने, ‘नर्सहरुको प्रतियोगिता होइन। नर्सिङ पेशामा रहेकाहरुको व्यक्तिगत विशेषता, प्रतिभा र गुणहरुको मूल्यांकन हो। जहाँ बौद्धिक क्षमता, सञ्चार सीप, निर्णय क्षमता, धैर्यता र समूहमा काम गर्न सक्ने विशेषताको मूल्यांकन गरिन्छ।’
![nursing1.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing1.jpg)
यो प्रतियोगिताबाट सहभागीहरुलाई व्यवसायिक जीवनमा सफलता हासिल गर्ने थप ज्ञानसीप हासिल हुन्छ। छनौट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला विकास, मोटिभेसन, नेतृत्व क्षमता विकास, पहिरन सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने आयोजक नेक्स्ट मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्। आयोजक संस्थाका अनुसार यसअघिका प्रतिष्पर्धी तथा विजेताहरुले आफ्नो पेशाका साथै समाजमा पनि आफूलाई अब्बल सावित गरेका छन्।
![nursing2.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing2.jpg)
प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मकाले भाग लिन सक्नेछन्। कम्तिमा एक वर्ष नर्सिङ अध्ययन गरिसकेका विद्यार्थीहरु, रजिस्टर नर्स र नर्सिङमै रहेकाहरु सहभागी हुन सक्नेछन्। जसका लागि आवेदन फारम नेक्स्ट मोडल्स नेपाल डटकममा उपलब्ध छ।
![nursing3.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing3.jpg)
आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुनेछ। प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष धमलाको अपेक्षा छ।
![nursing6.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing6.jpg)
प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत प्राप्त गर्नेछन्। प्रतियोगितामा आधा दर्जन विधामा विजेता छानिने छन्।
![nursing7.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing7.jpg)
![nursing5.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-02-25/miss nurse/miss nurse old/nursing5.jpg)