हाम्रो शरीरमा ३६५ बिन्दुहरू छन्, जसले शरीरका प्रमुख भागहरूबाट 'छि' र रगत भेला गर्दछ, इन्फ्युज गर्दछ, वा सतहको माध्यमबाट पास गर्दछ भनेर बुझिन्छ। यसलाई शरीरको प्रतिक्रियात्मक क्षेत्र भनिन्छ र शरीरका आन्तरिक अंगहरू मेरिडियन र कलेटरल्सद्वारा जोडिएका हुन्छन्। शरीर रचनाको राम्रो ज्ञानको आधारमा, पारंपरिक चिनियाँ चिकित्सा डाक्टरहरूले एक्युपंक्चर बिन्दुहरूको माध्यमबाट शरीरका आन्तरिक कार्यहरू समायोजन गरेर उपचारात्मक प्रभाव प्राप्त गर्छन्।
यहाँ मुख्यतया एक्युपंक्चरको राम्रो प्रभाव रहेको ९ समस्याहरूको वर्णन गरिएको छ:
१. वजन घटाउने:
चिनियाँ पद्धतिमा शरीरको तौल घटाउन एक्युपंक्चरको प्रयोग भएको पाइन्छ। मुख्यतया कलाकारहरूले अतिरिक्त थेरापीको साथ एक्युपंक्चरको पनि प्रयोग गर्ने गरेको पाइन्छ। एक्युपंक्चर बिन्दुहरूलाई उत्तेजित गरेर, जस्तै पेटमा गरिने एक्युपंक्चरलाई माइक्रो-करेन्टसँग मिलाएर, यसले 'छि' र रगतको प्रवाह सुधार गर्न मद्दत गर्छ, आन्तरिक अंगहरूको कार्यलाई समायोजन गर्दछ, मांसपेशी क्रियाकलापलाई उत्तेजित गर्छ, शरीरमा विषाक्त पदार्थहरूको मेटाबोलाइज गर्छ र आर्द्रता हटाउँछ। साथै भोक कम गर्न मद्दत पुर्यारउँछ। सन्तुलित आहारको सेवनसँगै एक्युपंक्चरको प्रयोग गर्दा प्रभावकारी रूपमा वजन नियन्त्रण गर्न, आत्म-संवर्धन र वजन घटाउन सकिन्छ।
२. चर्म रोगको उपचार:
हाल विश्वमा धेरै मानिसहरू चर्म रोगले ग्रसित छन्। मुख्यतया एक्जिमाको संक्रमणको समयमा एक्युपंक्चर, रक्तमोक्षण र कपिंग गरेर रोगलाई कम गर्न सकिन्छ। लामो समयसम्म एक्युपंक्चरलाई आयुर्वेदिक औषधिहरूसँग मिलाएर प्रयोग गर्दा आक्रमणको मौका, आवृत्ति, खटिराको डिग्री र एलर्जी प्रतिक्रियाहरूलाई प्रभावकारी रूपमा कम गर्न सक्छ।
३. सौन्दर्य:
चीन, जापान, तथा दक्षिण कोरियामा सौन्दर्यको लागि एक्युपंक्चरको व्यापक प्रयोग भएको पाइन्छ। आन्तरिक शरीरको सन्तुलन समायोजन गरेपछि, प्राकृतिक रूपमा रंग र स्थिति राम्रो हुन्छ। अनुहार जस्ता स्थानीय क्षेत्रहरूमा एक्युपंक्चरले अनुहारको छालालाई कस्न, चाउरीपन कम गर्न तथा अनुहारको रक्तसञ्चार सुधार गर्न प्रभावकारी हुन्छ।
४. शारिरिक दुखाइ:
हामी मुख्यतया एक्युपंक्चर गर्ने भन्नाले दुखाइ कम गर्न गरिने चिकित्सा भन्ने बुझ्छौँ। एक्युपंक्चरले दुखाइ कम गर्ने साथै मांसपेशीहरू र नरम तन्तुहरू जस्तै फेसियालाई आराम दिन्छ, र तन्तुको तरल पदार्थमा हुने समस्याहरूलाई सुधार गर्न सक्छ। यसलाई वैज्ञानिक रूपमा केही सिद्धान्तहरूले पुष्टि गरेका छन्, जस्तै 'गेट कन्ट्रोल थ्योरी' र 'एन्डोर्फिन थ्योरी।' एक्युपंक्चरले दुखाइको संवेदनालाई केन्द्रिय स्नायु प्रणालिमा जानबाट रोक्छ। मस्तिष्कले दुखाइको संकेत प्राप्त गर्ने स्नायु कोषहरूलाई रोक्न एन्डोर्फिन जारी गर्न मद्दत गर्छ, जसले दुखाइबाट राहत महसुस गराउँछ।
५. पाचन प्रणाली सुधार:
केही बिरामीहरूले आयुर्वेद औषधि खाँदा पेट असहजता अनुभव गर्छन्। यस्तो समयमा पेटको नजिकका बिन्दुहरूमा एक्युपंक्चरले प्रत्यक्ष रूपमा आन्द्राको परिस्ताल्सिस सुधार्न सक्छ। मेरिडियन सिद्धान्त अनुसार, लिभर, पित्ताशय, प्लीहा, र पेटको माध्यमबाट 'छि' प्रवाह सुधार्न, अपच, पखाला, कब्जियत जस्ता पाचन प्रणाली समस्याहरूलाई प्रभावकारी रूपमा सुधार्न सक्छ।
६. अनिद्राको समस्या सुधार:
एक्युपंक्चरले प्रमुख बिन्दुहरूलाई उत्तेजित गरेर शान्त प्रभाव प्राप्त गर्न सक्छ। एक अनुसन्धान अनुसार, ६ हप्ताको नियमित एक्युपंक्चरले निद्राको गुणस्तर र दिनको कार्यात्मक स्थितिलाई प्रभावकारी रूपमा सुधार गर्छ।
७. मूड विकारहरूको उपचार:
एक्युपंक्चरले शिरमा भएका बिन्दुहरूलाई उत्तेजित गरेर मस्तिष्कलाई पुनर्जीवित गर्छ, डिप्रेसनलाई कम गर्न र नसालाई शान्त गर्न सक्छ। 'छि' र रगतको स्थिरतालाई प्रवाहित गर्न र इलेक्ट्रोएक्युपंक्चरको संयोजनमा सेरोटोनिनको स्राव बढाउन मद्दत गर्छ। यसले डिप्रेसन लक्षणहरूलाई कम गर्न, शरीर र मनलाई आराम दिन, मूड र निद्राको गुणस्तर सुधार गर्न मद्दत पुर्याकउँछ।
८. एपोप्लेक्सी पश्चात् आएका प्रभावहरूको उपचार:
आधुनिक चिकित्सामा भएको अनुसन्धानले एक्युपंक्चर बिन्दुहरूले मस्तिष्कको अक्सिजन मेटाबोलिजम सुधार्न, मस्तिष्कको रक्त प्रवाह र रगतको आपूर्ति बढाउन, केन्द्रीय क्रानियल नसाहरूलाई सुरक्षित गर्न, र क्रानियल न्यूरोनहरूको गिरावट कम गर्न सक्छ भनी प्रमाणित गरेको छ। साथै, यसले मस्तिष्कको कोर्टेक्सको पुनर्संयोजनलाई पनि प्रवर्द्धन गर्न सक्छ, मस्तिष्कको जन्मजात न्यूरल मार्गलाई सक्रिय गर्न सक्छ, अप्लेक्सीपछि आएका प्रभावहरूको पुनःस्थापना गर्न मद्दत पुर्याजउँछ।
९. पक्षघातः
पक्षघात, वा स्ट्रोक, मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध हुँदा हुने गम्भीर अवस्था हो, जसले मस्तिष्कको कोशिकाहरूलाई क्षति पुर्यायउँछ र कमजोरी, बोल्न गाह्रो हुने र सन्तुलन गुमाउने समस्याहरू निम्त्याउँछ। पारंपरिक चिनियाँ चिकित्सा पद्धति एक्युपंक्चरले पक्षघातको उपचारमा मस्तिष्कको रक्त प्रवाह र अक्सिजन मेटाबोलिजम सुधार, तन्तुहरूको पुनर्संयोजन, र मांसपेशीहरूको कार्यक्षमता सुधार गर्न सक्छ। एक्युपंक्चरलाई शारीरिक थेरापी, व्यायाम, र स्वास्थ्यकर आहारसँग संयोजन गर्दा पुनःस्थापना प्रभावकारी हुन्छ, तर यो प्रक्रिया चिकित्सा विशेषज्ञको सल्लाहमा मात्र गरिनु पर्छ, जसले दीर्घकालीन सुधारमा सहयोग पुर्या उँछ।
एक्युपंक्चर उपचारमा ध्यान दिनुपर्ने कुराहरू:
एक्युपंक्चर अघि:
बिरामीहरूले भोक लागेको बेला, अत्यधिक खाएको बेला, तनाव, रिस, रातभरको अनिद्रा पछि, मदिरा सेवन पछि, व्यायाम पछि वा अत्यधिक थकान हुँदा एक्युपंक्चर उपचार गर्नुहुँदैन। साथै, एक्युपंक्चर गर्नुअघि ब्लाडर खाली गर्नुपर्छ र पातलो हलुका कपडा लगाउनुपर्छ, जसले गर्दा उपचार गर्न सजिलो हुन्छ। उपचार अघि ५ मिनेट बस्न र आराम गर्न सकिन्छ, जसले शरीरलाई आराम दिन्छ, भावनात्मक स्थिरता दिन्छ, उपचार प्रभावलाई सुधार गर्न मद्दत पुर्यानउँछ र बेहोस हुने अवस्थालाई पनि रोक्छ।
एक्युपंक्चरको समयमा:
एक्युपंक्चरको क्रममा बिरामीले आरामदायी स्थिति कायम राख्नुपर्छ र चल्नु हुँदैन, ताकि सुई बाङ्गो वा नभाँचियोस्। एक्युपंक्चरको क्रममा थोरै सुजन र नरम पीडा तथा बिजुलीको करेन्ट जस्तो मसिनो झट्का हुन सक्छ, जुन सामान्य प्रतिक्रिया हो। यदि एक्युपंक्चरको बेलामा बिन्दुहरूमा सहन गर्न नसकिने पीडा भएमा डाक्टरसँग सल्लाह गरेर उपचारको गति परिवर्तन गर्नुपर्छ। चक्कर, वाकवाकी, चिसो पसिना, श्वासप्रश्वासको समस्या आदि भएमा तुरुन्त एक्युपंक्चरिस्ट वा चिकित्सा गर्ने कर्मचारीलाई सूचित गर्नुपर्छ।
एक्युपंक्चर पछि:
सुई शरीरबाट निकालिसकेपछि, यदि त्यहाँ सब्कुटेनियस रक्तस्राव वा रगत जमेको छ भने, यसलाई नहडबडाइ आफैं अवशोषित र फैलाउन दिनुपर्छ। १-२ दिन पछि, एक्युपंक्चर बिन्दुमा अझै पनि बाँकी पीडा र स्थानीय रक्तस्राव हुन सक्छ, जुन सामान्य हो।
एक्युपंक्चरको लागि उपयुक्त / अनुपयुक्त:
उपयुक्त:
- पाचन प्रणाली समस्याहरू: अपच, पखाला, कब्जियत, आदि।
- निद्रा समस्याहरू: निद्रामा समस्या, सपनामा डुब्ने, सजिलै ब्युँझने, हल्का निद्रा, आदि।
- भावनात्मक समस्याहरू: चिन्ता, डिप्रेसन, आदि।
- स्त्रीरोग समस्याहरू: अनियमित महिनावारी, महिनावारी दुखाइ, असामान्य स्राव, बाँझोपन, प्रसवोत्तर समायोजन, आदि।
- वजन व्यवस्थापन: वजन घटाउने।
- छाला समस्याहरू: एक्जिमा, सोरायसिस, आदि।
- पीडाको लक्षणहरू: टाउको दुखाइ, जमेका काँधको दुखाइ तथा जाम हुने, कम्मर दुखाइ, घुँडा दुखाइ, कुहिनो दुखाइ, जोर्नी दुखाइ, आदि।
- एपोप्लेक्सीको पछि आएका प्रभावहरू, तल्लो मोटर न्यूरोन विकारहरू, आदि।
अनुपयुक्त:
- ३ महिनाभन्दा बढी गर्भावस्था, तल्लो पेट, कम्मरको साक्रल भागमा गर्भाशय संकुचन बिन्दुहरू एक्युपंक्चरको लागि उपयुक्त छैनन्।
- भोक, थकान, मधुमेह, गम्भीर छाला संक्रमण, घातक ट्यूमर, ल्यूकेमिया।