कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो। यसका साथै, यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ।
अत्यधिक चिल्लो, जंकफुड, प्रशोधित र चिनीयुक्त खानेकुराहरू, मदिरा, तथा विषादीयुक्त वा सडेगलेका आहारले कलेजो बिगार्ने कलेजो रोग विशेषज्ञ डा. पुकार थापा बताउँछन्।
यस्ता खानेकुराले कलेजोमा बोसो जम्मा गराउने (फ्याटी लिभर) र कलेजोको कोषिकालाई नोक्सान पुर्याउने गर्छन्।
कलेजोलाई नोक्सान गर्ने प्रमुख खानेकुराहरू:
जंकफुड तथा फ्याटयुक्त खानेकुरा: बर्गर, चाउमिन, पिज्जा र तारेका वा भुटेका खानेकुरा।
चिनीयुक्त पदार्थ: कोल्ड ड्रिंक्स, प्याकेटका जुस, चकलेट र गुलियो मिठाई।
बढी नुन र प्रशोधित खाना: प्याकेटबन्द खाना, चाउचाउ, अचार र इन्स्ट्यान्ट नुडल्स।
मदिरा (रक्सी): नियमित वा अत्यधिक मदिरा सेवन।
विषादीयुक्त तरकारी/फलफूल: रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिएका अन्न तथा सागपात।
रिफाइन गरिएको मैदा: सेतो पीठो र त्यसबाट बनेका बेकरी तथा केकका परिकार।