काठमाडौं– वीर अस्पताललाई १६ महिनामा हस्तान्तरण गर्ने गरी जापानी सहयोग नियोग (जाइका)ले भवन निर्माण थालेको छ । वीर अस्पतालको मुख्य भवन पछाडि जाइकाले नयाँ भवन बनाउने काम केही दिनअघि मात्रै थालेको हो ।
सय बेडको नयाँ भवनबाट उच्चस्तरीय विशेषज्ञ सेवाहरु प्रदान गरिने अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले बताए । उनको अनुसार जाइकाले भवनसँगै सुरु हुन लागेका नयाँ विशेषज्ञ सेवाका लागि चाहिने सम्पूर्ण उपकरण समेत उपलब्ध गराउनेछ ।
नयाँ भवनमा नेफ्रोलोजी सेवा अन्तर्गत २५ बेडको डायलाइसिस र नेफ्रो वार्ड, कार्डियोलोजी वार्ड अन्तर्गत सिसियू, कार्डियाक वार्ड र क्याथल्याब, ग्याष्ट्रोलोजी अन्तर्गत इन्डोस्कोपी सुइट, क्लोनोस्कोपी, ईआरसीपी, इन्डोस्कोपिक अल्ट्रासाउन्ड सेवा सुरु गरिने निर्देशक डा बस्नेतले बताए ।

वीरका नयाँ भवन बन्न लागेकाे स्थल
उनका अनुसार उक्त भवनबाट दिइने सेवा उच्चस्तरीय हुनुका साथै थप पनि हुनेछन् । डायलाइसिस १० बाट बढेर २५ पुग्नेछ भने वीरमा हालसम्म उपलब्ध नरहेको क्याल्याब, सिसियू लगायतका सेवा सुरु हुनेछन् ।