बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनय संगै उर्जावान् व्यक्तित्वको कारण पनि धेरै परिचित छन्। ३७ वर्षका सिंह फिट रहन स्वस्थ जीवनशैली अपनाउने गर्छन्। स्वस्थ आहार संगै उनी फरकफरक व्यायामहरू पनि गर्छन्।
उनलाई जिम जान मन पर्छ। जिममा उनी धेरैजसो वजन प्रशिक्षण र कार्डियो व्यायाम गर्छन्। जति व्यस्त भएपनि उनी आफ्नो कसरत कहिल्यै छोड्दैन। यसबाहेक उनलाई बाहिरी खेलकुद तथा अभ्यास पनि मन पर्छ। उनी क्रिकेट खेल्छन्। साथै, पौडी उनको सबैभन्दा मनपर्ने गतिविधि हो। एक टिभी अन्तर्वार्तामा उनले भनेका थिए की, पौडी खेल्नु उनको दिनचार्य हो र किशोरावस्थादेखि नै उनले यो गर्ने गरेका थिए।
रणवीर रक्सी पिउँदैनन् र तन्दुरुस्त रहनको लागि स्वस्थ आहार हरेक तीन घण्टामा खाइरहन्छन्। उनी हरेक दिन पटकपटक बदाम र फलफूलहरू खान्छन्। उनी घरमै बनाएको प्रोटिनयुक्त खाना खान रुचाउँछन्। उनी बिहानको खाजामा एउटा केरा र अण्डाको सेतो भाग खान मन खान्छन्। बिहान बेलुकाको खानामा उनी चिकेन र हरिया तरकारीहरू खान्छन्।
दिउँसो उनी समय समयमा ओखर र बदाम खान्छन्। उनी हरेक खानेकुरामा नुन र तेल कम खान्छन्।
उनी आफ्नो मानसिक स्वास्थ्यलाई पनि ध्यानमा राखेर आफूखुसी हुने कामहरू गरीरहन्छन्। उनी सकेसम्म जंक फुडहरू खाँदैनन् र प्रशस्त पानी पिउने गर्छन्। साथै, उनी आवश्यकता अनुसार प्रोटिन सेक पनि पिउने गर्छन्।
उनी सबैजनालाई घरमै पकाएको चिल्लो कम भएको प्रोटिनयुक्त खानेकुरा र धेरै पानि पिउने सल्लाह दिन्छन्।