काठमाडौं- विश्वचर्चित फुटबल खेलाडी लियोनेल मेसीको जीवनशैली कस्तो होला? उनले फिट रहन के खान्छन् र के गर्छन् भन्ने धेरैको लागि चासोको विषय हो। मेसी एकदमै साधारण जीवन बिताउँछन्।
खेल नभएको समयमा उनको दैनिकी लगभग एकै किसिमको कामहरु गरेर बित्छ। उनी आफ्ना बच्चाहरुलाई स्कुल लैजाने र ल्याउने काम गर्छन्। फुर्सदको समयमा घरमा श्रीमतीलाई काम सघाउछन् र खाना पनि पकाउने गर्छन्। उनी धेरैसमय परिवारसंग बिताउछन्।
मेसी हरेक दिन बिहान ६ बजे उठ्छन्।उनीसन् २०१४ देखि इटालियन पोषणविद् ज्युलियानो पोजरको आहार निर्देशन अनुसार खाना खान्छन्। बिहानको खाजामा उनी ताजा फलफुल र तरकारी साथै केही टोस्टर केसरीको जुस खान्छन्। उनी प्रसस्त मात्रामा पानी पिउने गर्छन्। उनी बिहानको खानामा सुप र सलादहरु खान्छन्। उनी साँझको खानामा ब्राउन राईस र टुना खान मन पराउछन्।
उनी हप्तामा पाँच दिन वर्कआउट गर्छन्। उनीआफ्नोखुट्टाको मांसपेशी बलियो बनाउन हर्डल हप र स्प्लिट स्क्वाट्स गर्छन्। त्यसका साथै उनीपिलर ब्रिज-फ्रन्ट, लन्ज, ह्यामस्ट्रिङ स्ट्रेच र पिलर स्किप पनि गर्छन्।
आफ्नो गतिलाई बढाउन, खुट्टाको मांसपेशीहरू निर्माण गर्न उनी पिलर स्किपहरू, स्क्वाटहरू र डोरीहरूबाट हाम फाल्छन्।वर्कआउट गरेपछि उनी पानी पिउँछन् र चिसो हुन पाँचदेखि दश मिनेट जगिङ गर्छन्। उनले हप्तामा कम्तिमा पाँच दिन यो दिनचर्या पछ्याउँछन्।
दिउँसोको खाना खाएर उनी केहिबेर सुत्छन्। केहि समय पहिले सम्म मेसीले पिज्जा, रेड मिट र कोल्ड ड्रिंक्सहरु खाने गर्थे तर २०१८ को वर्ल्डकप पछि उनी खेलको समयमा शाकाहारी खानेकुरा मात्रै खान्छन्।
उनी सकेसम्म बाहिर पार्टीहरुमा जादैनन्। उनी आफ्ना छोराहरु संग फुटबल खेल्छन्, घरका कुकुरहरुसंग रमाईरहेका हुन्छन्। उनी हरेक साँझको खाना आफ्नै परिवारसंग खान मन पराउछन्। उनी निकै साधारण जीवन जिउछन्।