काठमाडौं- अनुष्का शर्मा बलिउडकी चर्चित सेलिब्रेटी मध्ये एक हुन्। ३४ वर्षीय अनुष्का छोरीलाई जन्म दिएपछि पनि उत्तिकै फिट छिन्। उनी निकै अनुशासित र स्वस्थ जीवन बिताउँछिन्। उनी भोक लाग्दा नट, फलफूल र प्रोटिन बारहरू खान्छिन्। सुटिङको समयमा बाहिरको खानाबाट जोगिन उनी सधैं आफ्नो लागि घरमै बनाइएको खाना प्याक गर्छिन्। उनको खानामा कार्बोहाइड्रेट र प्रोटिनको मिश्रणसमावेश हुन्छ।
बिहानको खाजामा फलफूल, चिया सीड वा ताजा फलफूलको जुस खान्छिन्। त्यस्तै चीज र नरिवल पानी संग टोस्ट पनि खान्छिन्। दिउँसोको खानामा उनी दुईवटा चपाति, दाल, तरकारी र सलाद खाने गर्छिन्। उनी साँझको खाजामा फलफूल वा प्रोटीन बारहरू खान्छिन् भने डिनरमा बटर चिकन र तरकारी संग रोटी खान मन पराउँछिन्। उनी हरेक दिन सुत्ने बेलामा एक गिलास दूध पिउने गर्छिन्।
खानासंगै कसरत पनि गर्छिन्। अनुष्कालाई जिम जान मन पर्दैन तर पनि उनी हप्तामा ३–४ पटक कसरत गर्छिन्। जिममा, उनी मुख्यतया तौल प्रशिक्षण र शक्ति प्रशिक्षणमा ध्यान केन्द्रित गर्छिन्। मनलाई शान्त पार्न उनी दिनमा दुई पटक ध्यान गर्छिन्।
उनी आफ्नो कार्डियो भास्कुलर मांसपेशिहरु लाई टोन अप गर्न दैनिक २० देखी ३० मिनेटको लागि नृत्य गर्छिन्। उनी नाच्न मन पराउँछिन्। शरीरकोलचिलोपन बढाउन उनी बीच-बीचमा योग पनि गर्छिन्।
उनले आफ्नो फिगरलाई कायम राख्न धेरै प्रयास गर्छिन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी चीजहरू सरल राख्न र तिनीहरूलाई कडाईका साथ पालना गर्न मन पराउँछिन्।