काजोल बलिउडमा सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्ये एक हुन्। ४८ वर्षको उमेरमा काजोल निकै फिट छिन्। उनले पछिल्लो ६ महिनाको अवधिमा तौल पनि घटाएकी छिन्।
काजोलले वेट लिफ्टिङको माध्यमबाट मात्रै कसरत गरिरहेकी छिन्। उनले गर्ने कसरत उच्च तीव्रता र कडा छ। उनी दैनिक करिब २ घण्टा वर्कआउट गर्छिन्। सुटिङमा जानु पर्दा पनि काजोल आफ्नो कसरत सेसन छोड्दिनन्। उनको ट्रेनर बिहान ५:४५ मा उनको घर पुग्छन् र उनी यसका लागि आफ्नो समय सधैं छुट्याउछिन्।
शरीरमा स्ट्यामिना बढाउनका लागि काजोलका प्रशिक्षकले उनलाई स्वस्थ खाना खान सुझाव दिएका छन्। उनी प्रोटिनको विभिन्न स्रोतहरू चिकेन, पनीर, नट्स आदिब खान्छिन्। उनी प्रायः मांसाहारी खाना खान रुचाउँछिन्। उनी फाइबर, स्वस्थ बोसो, कम चिनी भएको सन्तुलित खानेकुरा खान्छिन्। उनी जंक फुड खाँदिनन्।
उनी आफ्नो ऊर्जा स्तर, यात्रा योजना, सुटिङको समयतालिका र मौसम परिवर्तनका आधारमा आफ्नो आहार परिवर्तन गर्छिन्।
उनीमद्यपान र धुम्रपान गर्दिनन्। उनी लेट नाइट पार्टीका लागि कहिल्यै बाहिर जाँदिनन्। काजोल आफ्नो व्यायामको दिनचर्यामा एकदमै अनुशासित रहेको उनका प्रशिक्षक बताउँछन्। उनी कसरतका लागि आफ्नो योजनाहरूमा केन्द्रित रहन्छिन्।