काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि ९ र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ गरी १४ बुँदे सुझाव दिएका छन्।
पूर्व स्वास्थ्यमन्त्री थापाले कोरोना महामारीकाे नियन्त्रणसँगै सरकार बजेटको तयारीमा जुटेको भन्दै विगतमा आफूले स्वास्थ्य मन्त्रालयमा बटुलेको अनुभवका आधारमा स्वास्थ्य सेवालाई थप सबल र प्रभावकारी बनाउन सुझाव दिएको बताएका छन्।
थापाले मन्त्री ढकाललाई ७ पृष्ठ लामो ध्यानाकर्षण पत्र लेख्दै सुझाव दिएका छन्।
आगामी आर्थिक वर्षको बजेटका लागि थापाले स्वास्थ्य क्षेत्रको पुनर्संरचना, एकिकृत स्वास्थ्य पूर्वाधार मापदण्ड र परियोजना कार्यान्वयन, कानूनी संरचना निर्माण र कार्यान्वयन, सुपथ मुल्यमा गुणस्तरीय औषधिको उपल्बधता, स्वास्थ्य बिमा, साझेदारी र सहकार्य र कार्यदक्षताका आधारमा प्रोत्साहन प्रणाली कार्यान्वयन विषयमा विस्तृत रुपमा सुझाव दिएका छन्।
यस्तै थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम पर्याप्त नभएको भन्दै ९ बुँदे सुझाव दिएका छन्। उनले लकडाउनको अवधिको उचित सदुपयोग नभएको उल्लेख गर्दै युद्धस्तरमा काम गरेर सम्भाव्य महासंकटलाई न्यून गर्न सकिने पत्रमा उल्लेख गरेका छन्।
हेरौं थापाले दिएका सुझावसहितको ध्यानाकर्षण पत्र
यो पनि :