मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १८, २०८३
Thu, Nov 05, 2026
बुधबार, कात्तिक १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा. केसीको पक्षमा रास्वपा सांसद रञ्जु दर्शना : सत्यको आग्रह कुनै दल, सत्ता वा प्रतिपक्षको सुविधाअनुसार बदलिँदैन
‘डा. केसी न विवेकशीलका हुन्, न रास्वपाका, न कांग्रेस–एमाले–माओवादी वा अन्य कुनै दलका। उहाँ कसैका हुनुहुन्न, तर सबैका हुनुहुन्छ,’ दर्शनाले लेखेकी छन्, ‘अझ भन्नुपर्दा, उहाँ दिनदुःखी र निम्न तथा मध्यम वर्गका नागरिकको अलि बढी हुनुहुन्छ।’
३ घण्टा अगाडि
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव प्रतिनिधि सदस्य रहेका छन्।
९ घण्टा अगाडि
मध्यावधि निर्वाचनबाट ट्रम्पले दुवै सदनको नियन्त्रण गुमाउने प्रक्षेपण, उनलाई अलोकप्रिय बनाउने यी हुन् उनका स्वास्थ्य नीति
ट्रम्पको लोकप्रियता घट्नुमा बढ्दो महँगी, भन्सार शुल्क (ट्यारिफ), इरानसँगको युद्ध र उनको कार्यशैलीप्रतिको असन्तुष्टिलाई प्रमुख कारण मानिएको छ। यससँगै उनको प्रशासनले अघि सारेका स्वास्थ्य नीतिहरू पनि नागरिकको असन्तुष्टिको महत्त्वपूर्ण विषय बनेका छन्।
१३ घण्टा अगाडि
बीपी प्रतिष्ठानको आर्थिक पारदर्शिता र प्रशासनिक सुधारमा मन्त्री मेहताको जोड
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिएकी छन्।
१४ घण्टा अगाडि
स्वास्थ्य बीमा कार्यक्रममा अब स्थानीय तहबाटै सामूहिक आबद्धता र नवीकरण गर्न सकिने
बोर्डका अनुसार यस प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट स्वयं वा दर्ता सहयोगीमार्फत नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन र नवीकरण गर्न सक्नेछन्। यसका साथै योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापनसमेत डिजिटल प्रणालीबाटै गर्न सकिनेछ।
१४ घण्टा अगाडि
मारुती फर्मालाई 'ग्लोबल ब्रान्ड अवार्ड्स २०२६'; श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा सम्मान
नेपाली औषधि उत्पादक कम्पनी मारुती फर्मा प्रालिले प्रतिष्ठित ‘ग्लोबल ब्रान्ड अवार्ड्स २०२६’ प्राप्त गरेको छ। आइतबार श्रीलंकाको कोलम्बोस्थित 'टेम्पल ट्रिज'मा आयोजना गरिएको एक विशेष समारोहका बिच कम्पनीका जनरल म्यानेजर दिनेश खालिङले उक्त अवार्ड ग्रहण गरेका हुन्।
मंगलबार, कात्तिक १७, २०८३
शिक्षा मन्त्रालय विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै डा. केसीले भने– सरकारका पछिल्ला निर्णय सुशासन र सामाजिक न्यायका मान्यताविपरीत
न्यूनतम पूर्वाधार र मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने, मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका उच्च पदमा अयोग्य, विवादित र स्वार्थ बाझिने व्यक्तिहरू नियुक्त गर्ने तथा निजी शिक्षण संस्थाका सशुल्क सिट बढाएर छात्रवृत्ति कटौती गर्ने सरकारी प्रवृत्तिले जनताको स्वास्थ्य र शिक्षाप्रतिको असंवेदनशीलता देखाएको उनले बताएका छन्।
मंगलबार, कात्तिक १७, २०८३
डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा मन्त्री निशा मेहतालाई चिकित्सक संघको ध्यानाकर्षण
मंगलबार, कात्तिक १७, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
सिभिल अस्पतालका आईसीयू विभाग प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो अत्याधुनिक जीवनरक्षक प्रणाली हो। यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीमा आवश्यकताअनुसार फोक्सो वा मुटुको काम अस्थायी रूपमा गर्छ। ईक्मो प्रणालीले शरीरबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्छ र कार्बन डाइअक्साइड हटाउँछ। त्यसपछि प्रशोधित रगत पुनः शरीरमा पठाउँछ।
मंगलबार, कात्तिक १७, २०८३
नेपाल चिकित्सक संघ फुटसल प्रतियोगिताको उपाधि काठमाडौं मोडल अस्पताललाई
प्रतियोगिताको फाइनल खेलमा काठमाडौं मोडल अस्पतालले सशस्त्र प्रहरी बल अस्पताललाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। प्रतियोगितामा पहिलो हुने काठमाडौं मोडल अस्पतालले ३० हजार रुपैयाँ र दोस्रो हुने टोलीले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
मंगलबार, कात्तिक १७, २०८३
पक्षघात भएपछि जापानमा ६ महिनादेखि अलपत्र विष्णुको उपचारको जिम्मा डा. सुनिल शर्माले लिने
उनले विष्णुलाई नेपाल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्दै त्यसमा आर्थिक समस्या भए हवाई टिकटसमेत आफैंले उपलब्ध गराउने बताएका छन्। नेपाल आइपुगेपछि विमानस्थलबाट अस्पतालसम्म ल्याउने, उपचार गर्ने र डिस्चार्ज भएर घर फर्किंदासम्मको खर्च परिवारले बेहोर्नु नपर्ने उनको प्रतिबद्धता छ।
मंगलबार, कात्तिक १७, २०८३
बेलायतको पीआरमा नीतिमा कडाइ : चिकित्सक, नर्स र केयर वर्करलाई भने प्राथमिकता
नयाँ व्यवस्थाअनुसार वार्षिक ५० हजार २ सय ७१ पाउन्डभन्दा बढी आम्दानी गर्ने तथा चिकित्सक, नर्स र शिक्षकजस्ता केही सार्वजनिक सेवा क्षेत्रमा कार्यरत व्यक्तिले पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्। सबैभन्दा बढी आम्दानी गर्ने अर्थात् वार्षिक १ लाख २५ हजार १ सय ४१ पाउन्डभन्दा बढी कमाउने व्यक्तिले भने तीन वर्षमै आवेदन दिन सक्नेछन्।
मंगलबार, कात्तिक १७, २०८३
डा. केसीका अधिकांश माग कार्यान्वयन भइसकेको मन्त्रालयको दाबी, पदाधिकारीमाथि छानबिन गर्ने आश्वासन
'उहाँले सुधारका लागि उठाउनुभएका धेरै विषय कार्यान्वयन भएका छन् । यिनैको प्रतिफल आज चिकित्सा शिक्षा नेपालको आकर्षण बन्न गएको छ,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सोमबार, कात्तिक १६, २०८३
गोली लागेर गम्भीर घाइते आदित्यको नेशनल मेडिकल कलेजको सम्पूर्ण उपचार निःशुल्क
अवस्था थप जटिल बनेपछि उच्चस्तरीय विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने चिकित्सकीय निष्कर्ष निकालिएको थियो। अस्पताल प्रशासनले प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी स्थानान्तरणको व्यवस्था मिलाएको जनाएको छ।
सोमबार, कात्तिक १६, २०८३
केएमसीमा मस्तिष्कको ९० प्रतिशत साँघुरिएको नसा बिना चिरफार खुलाइयो
केएमसीमा न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल नेतृत्वको टोलीले उनको उपचार गरेको हो। चिकित्सकीय परीक्षणका क्रममा सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफी गर्दा मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत साँघुरिएको पाइएको डा. पौडेलले बताए।
सोमबार, कात्तिक १६, २०८३
प्रा.डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु
अनशनको ५ दिन बित्दासम्म स्वास्थ्यमा लगातार जटिलता देखिनुका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार सुरु गरिएको थियो। उनको स्वास्थ्य स्थिति जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।
सोमबार, कात्तिक १६, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा चिकित्सक संघद्वारा ध्यानाकर्षण
संघले डा. केसीले उठाएका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ। समस्याको समाधान खोज्न उनीसँग अविलम्ब वार्ता गर्न, जीवन रक्षाका लागि आवश्यक पहल गर्न तथा स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र सुरक्षाको प्रबन्ध मिलाई आमरण अनसन अन्त्य गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र सम्बन्धित पक्षलाई संघले हार्दिक आग्रह गरेको छ।
सोमबार, कात्तिक १६, २०८३
डा. केसीले ६ महिनामा दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो होइन: डा. तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिकबाट चिन्ने र अभियानको समर्थन गर्नेहरू नै क्याबिनेटमा हुँदा पनि ६ महिनामा डा. गोविन्द केसीले दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छिन्।
सोमबार, कात्तिक १६, २०८३
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
इलाममा २५ औं अनसनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदैछ।
सोमबार, कात्तिक १६, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिन थालियो
उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचार र थप व्यवस्थापनका विषयमा चिकित्सकहरू चिन्तित बनेका छन्।
आइतबार, कात्तिक १५, २०८३
बंगलादेशमा नेपाली चिकित्सा समुदायको भेला
उक्त कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थी, इन्टर्न तथा स्नातकोत्तर तहका रेजिडेन्ट चिकित्सकहरूसहित करिब १५० जना नेपाली चिकित्सकहरूको उपस्थिति रहेको थियो। समारोह मित्रता, सांस्कृतिक आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार र आपसी एकताको सन्देश बोकेको विशेष अवसरका रूपमा सम्पन्न भएको हो।
आइतबार, कात्तिक १५, २०८३
त्रिवि शिक्षण अस्पतालमा गुणस्तर सुधार र बिरामी सुरक्षा सम्मेलन, २२५ स्वास्थ्यकर्मी सहभागी
टीयू शिक्षण अस्पतालमा सन् २०२५ जुलाईमा गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ (क्युआईपीएस) औपचारिक रूपमा स्थापना भएपछि यो सम्मेलनलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। इकाइ स्थापना भएको एक वर्षको अवधिमा बिरामी सुरक्षालाई संस्थागत प्राथमिकताका रूपमा अघि बढाउन र विभिन्न विभाग तथा स्वास्थ्यकर्मीलाई समेटेर बहुआयामिक पहल अघि बढाउन सफल भएको आयोजकको दाबी छ।
आइतबार, कात्तिक १५, २०८३
फेटा घटनामा प्रहरीको गोली लागेर घाइते बालक काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार जारी
शल्यक्रियापछि थप निगरानी र उपचारका लागि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि सम्बन्धित निकायसँग समन्वय गरी काठमाडौं स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको नेशनल मेडिकल कलेजले जनाएको छ।
आइतबार, कात्तिक १५, २०८३
पर्वतको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट, मुख्य आरोपी प्रहरी नियन्त्रणमा
घटनालगत्तै अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरी प्रशासनको सहयोगमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने मुख्य आरोपीलाई नियन्त्रणमा लिइएको अस्पतालले जनाएको छ। आरोपीलाई कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।
आइतबार, कात्तिक १५, २०८३
जापानी वैज्ञानिकले पत्ता लगाए डिम्बको गुणस्तर जोगाउने नयाँ प्रोटिन, उमेरसँगै घट्ने प्रजनन क्षमताबारे नयाँ आशा
अनुसन्धानका क्रममा मुसाको शरीरबाट आनुवंशिक प्रविधिमार्फत ओएमसीवान प्रोटिन हटाउँदा कम उमेरका मुसाका डिम्बमै बढी उमेरका डिम्बमा देखिने खालका क्रोमोजोमसम्बन्धी असामान्यता देखिएको थियो। त्यस्ता डिम्बबाट निषेचन गराइएका भ्रूण सामान्य रूपमा विकास हुने सम्भावना पनि कम पाइएको थियो।
आइतबार, कात्तिक १५, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
बिहीबारको सुनुवाइमा ममता र नरेशको आर्थिक कारोबार तथा बैंकिङ विवरणबारे पनि बयान लिइएको थियो। ममताले सन् २०२३ मा खोलेको क्रेडिट कार्डको भुक्तानी नियमित गर्दै आएकी थिइन्। तर, उनी बेपत्ता भएपछि जुलाई–अगस्टको बिल भुक्तानी भएन। सेप्टेम्बरमा पनि भुक्तानी नभएपछि उनको खातामा जरिवाना थपिएको थियो। उनले अन्तिम पटक जुलाई २८ मा उक्त खातामा लगइन गरेकी थिइन्।
आइतबार, कात्तिक १५, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
उपलब्ध अनुसन्धानपत्र, विश्वविद्यालयका सार्वजनिक अभिलेख, कन्सल्टेन्सीको सूचना र नेपाल मेडिकल काउन्सिलको दर्ता विवरणलाई एकसाथ विश्लेषण गर्दा इनाम सापकोटा एमबीबीएस चिकित्सक भएको पुष्टि गर्ने पर्याप्त आधार भेटिँदैन।
आइतबार, कात्तिक १५, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधता दिन सर्वोच्चको आदेश
न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जारी गरेको परमादेशमा औषधीय, वैज्ञानिक, कृषि तथा बागवानी र औद्योगिक प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती, उत्पादन, प्रशोधन, भण्डारण, प्रयोग, बिक्री वितरण तथा निकासी–पैठारी गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन भनिएको छ ।
शनिबार, कात्तिक १४, २०८३
अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना
डा. केसीले सरकार माग सम्बोधनप्रति उदासीन रहेको भन्दै गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विषयमा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको उनको भनाइ छ ।
शनिबार, कात्तिक १४, २०८३
लौठसल्लाबाट क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गर्ने नेपाली कम्पनी जाइडिन बायोटेकले पायो जीएमपी प्रमाणपत्र
जाइडिन बायोटेकले नेपाली हिमाली क्षेत्रमा पाइने लौठसल्लो प्रशोधन गरेर क्यान्सर उपचारमा प्रयोग हुने औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्दै आएको छ। कम्पनीले अहिले प्याक्लिट्याक्सेल र डोसेट्याक्सेल उत्पादन गरिरहेको छ।
शनिबार, कात्तिक १४, २०८३
1
2
3
4
5
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
४ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search