मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सिम्पोजियम सम्पन्न
न्युरोसाइन्स इन्स्टिच्युट अफ नोबेलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसको सहकार्यमा गरिएको थियो। सिम्पोजियमको कोर्स निर्देशकमा प्रा. डा. प्रकाश काफ्ले रहेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ न्युरोसर्जन प्रा. डा. बसन्त पन्त सहभागी थिए।
सोमबार, चैत २३, २०८२
सरकारी कार्यालयमा २ दिन बिदा दिने निर्णय: सरकारी अस्पतालको सेवा के हुन्छ?
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त केसीले अस्पताल र स्वास्थ्य संस्थाहरूमा सातामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेको बताए।
आइतबार, चैत २२, २०८२
थर्मल गन कालोबजारीमा मुछिएका सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
कुनै समय कोभिड–१९ महामारीको संकटमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेर विवादमा आएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्। शंकर ग्रुपका सञ्चालक एवं जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो।
आइतबार, चैत २२, २०८२
वेब ट्रेडिङ कन्सर्न प्रालिले मनायो रजत जयन्ती, सीएसआर अन्तर्गत २५ लाख प्रदान
समारोहमा विभिन्न देशका व्यावसायिक साझेदार, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा निजी स्वास्थ्य संस्थाका अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. रामाकण्ठ माकाजु श्रेष्ठ तथा डा. प्रदीप ज्ञवाली लगायतले कम्पनीको स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।
आइतबार, चैत २२, २०८२
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
मसँगै बा-आमा पनि हुनुहुन्छ। उहाँहरूलाई उमेरले बिस्तारै वृद्धावस्थाको अझ गहिराइतिर गाँजेर लैजाँदैछ। हरेक महिना, दिनमा केही न केही अस्वस्थता उहाँहरूको जीवन-तालिकाजस्तै बनेको छ। मेरो आश्रयमा रहेका ज्यान जति सबैका बेग्लाबेग्लै विशिष्ट किसिमका आवश्यकता छन्। सक्रिय र दिगो रूपमा कमाउने भरपर्दो म नै हुँ मेरो घरमा।
आइतबार, चैत २२, २०८२
नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा शंकर गौतम विजयी (सूचीसहित)
संघको वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल १५५ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी निरज योगीले ९७ मत तथा सोनेलाल शाहले ६४ मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ १९० मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी शान्ति तिमल्सिनाले १२९ मत प्राप्त गरिन्। महासचिव पदमा ऋषिकेश भुसाल १८७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी विजेन्द्र शाहले १२३ मत पाए।
आइतबार, चैत २२, २०८२
मध्यबिन्दु प्रादेशिक अस्पतालद्वारा पहिलो फर्मुलारी सार्वजनिक
मध्यबिन्दु प्रादेशिक अस्पतालले आफ्नो अस्पताल फर्मुलारी (औषधि सूची) को पहिलो संस्करण सार्वजनिक गरेको छ। अस्पतालको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहबीच फर्मुलारी सार्वजनिक गरिएको हो।
शनिबार, चैत २१, २०८२
वीर अस्पतालको निर्देशन: औषधि कम्पनी र ब्रान्डमा होइन ‘जेनेरिक नेम’मै ब्लक लेटरमा लेख्नु
अस्पतालले जारी गरिएको निर्देशनअनुसार अब फार्मेसी कर्मचारीहरूले ड्युटी रोटरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीप्रति शिष्ट, नम्र र जिम्मेवार व्यवहार गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा समयभन्दा बढी काम गर्नेहरूलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था गरिएको छ।
शनिबार, चैत २१, २०८२
वेब ट्रेडिङ कन्सर्न प्रालि : भरोसा र विश्वासको जालोमा जेलिएको २५ वर्ष
सन् २००१ मा, जब नेपालमा आधुनिक स्वास्थ्य उपकरण र प्रविधिको पहुँच सीमित थियो, त्यही बेला उद्यमी रामईन्द्र न्यौपानेले एउटा फरक सोच अघि सारे- 'मेडिकल सामाग्री बेच्ने होइन, समाधान दिने।' यही सोचको जगमा स्थापना भएको वेब ट्रेडिङ कन्सर्न आज स्वास्थ्य प्रविधिको क्षेत्रमा भरोसायोग्य नामका रूपमा स्थापित भएको छ।
शनिबार, चैत २१, २०८२
आवश्यक सावधानी नअपनाउँदा ढोरपाटनमा पुनः फैलियो दादुरा
ढोरपाटन नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा दादुरा फैलिएपछि सरकारले प्रभावित क्षेत्रका ५ हजार ६५६ जनालाई दादुरा–रुबेला विरुद्धको खोप दिएको थियो। राष्ट्रिय खोप सल्लाहकार समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल खोप अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।
शुक्रबार, चैत २०, २०८२
शिक्षामन्त्री पोखरेलले राखे शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालयका विषयमा चासो
मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिँदै शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय, गेटाका विषयमा समेत चासो राखेका छन्। उनले भेटका क्रममा भने, 'गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन् ? त्यसलाई फुकाएर अगाडि बढ्नुपर्छ।'
शुक्रबार, चैत २०, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो सेवा सुधार र पारदर्शिताका लागि १३ बुँदे निर्णय
मन्त्रिपरिषद्ले गत चैत १३ गते सार्वजनिक गरेको 'शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची' को कार्यान्वयनका सिलसिलामा प्रतिष्ठानले यी महत्त्वपूर्ण निर्णयहरू लिएको जनाएको छ। प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवा क्षेत्रमा बृहत् परिवर्तन ल्याउने गरी विभिन्न समितिहरू गठन र प्रविधिमैत्री व्यवस्थापनको खाका तयार पारेको छ।
शुक्रबार, चैत २०, २०८२
निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्ने सम्भावनाबारे स्वास्थ्य मन्त्रालयमा छलफल
बैठकमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क वितरण गरिने औषधिहरू स्वदेशमै उत्पादन गर्न सकिने सम्भाव्यताबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ। हाल आयातमा निर्भर रहेको औषधि आपूर्तिलाई क्रमशः स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्ने रणनीतिमाथि सरोकारवाला निकायहरूबीच गहन विचार-विमर्श भएको थियो।
शुक्रबार, चैत २०, २०८२
आयुर्वेद चिकित्सक संघद्वारा स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाल सम्मानित
निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले ढकाललाई सम्मान पत्र प्रदान गरेकी हुन्। आयुर्वेद चिकित्सा पद्धतिका विषयमा समयसान्दर्भिक लेख, खोजमुलक समाचार तथा गहन विश्लेषणहरू निरन्तर प्रकाशन गरी यस क्षेत्रको विकास र प्रचार–प्रसारमा विशेष योगदान पुर्याएको भन्दै संघले यस वर्षको 'पत्रकार सम्मान' ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।
शुक्रबार, चैत २०, २०८२
शासकीय सुधारका १०० बुँदामा यस्तो छ स्वास्थ्य क्षेत्रको प्रगति
मन्त्रालयका अनुसार हाल ३२ वटा अस्पताल (जसमध्ये १९ निजी र १३ सरकारी)का १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ। उक्त विवरण मन्त्रालयको वेबसाइटमार्फत नियमित अद्यावधिक गरिएको छ, जसले सेवाग्राहीलाई जानकारी पहुँचमा सहजता प्रदान गरेको छ।
शुक्रबार, चैत २०, २०८२
आयुर्वेद क्षेत्रको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम अगाडि बढाएको छु: निवर्तमान स्वास्थ्यमन्त्री शर्मा
नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। स्वास्थ्यमन्त्रीका रूपमा भारतमा भएको आयुर्वेदको एक महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुँदा आयुर्वेद क्षेत्रलाई अगाडि बढाउनका लागि दुई देशबीच सहयोग आदानप्रदान गर्ने सहमति भएको उनले बताइन्।
शुक्रबार, चैत २०, २०८२
बालेन सरकार प्रभाव: औषधि व्यवस्था विभागमा प्रवेश कार्ड लागू
यस व्यवस्थाले कार्यालय परिसरमा हुने अवाञ्छित भिडभाड र असम्बन्धित व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको छ। प्रवेश कार्डका लागि कम्पनी/फर्मले आफ्नो प्रतिनिधिको नाम, पद, ठेगाना, राष्ट्रिय परिचयपत्र नम्बर, फोटो, कम्पनीको नाम, ठेगाना र प्रकार सहित विवरण विभागमा पठाउनुपर्ने छ।
शुक्रबार, चैत २०, २०८२
क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन
डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेको उपचारमा संलग्न चिकित्क डा शाहीले जानकारी दिए। सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे।
शुक्रबार, चैत २०, २०८२
अस्पतालको सुधारका लागि प्रसूति गृहको १७ बुँदे निर्णय
अस्पतालले गरेको निर्णयअनुसार अस्पतालले तोकेको ड्यूटी तालिकाअनुसार आफ्नो तोकिएको समयमा नै कार्यालय उपस्थित भई काम गर्नुपर्नेछ । अस्पतालमा सेवाग्राहीहरुलाई सेवा दिँदा चिकित्सकहरुले औषधी तथा औषधीजन्य सामानहरुको सिफारिस गर्दा स्पष्ट बुझ्ने गरी गर्नुपर्ने निर्णय गरिएको छ ।
बिहीबार, चैत १९, २०८२
९ वर्षअघि नै सफाइ पाएको मुद्दाबारे श्रममन्त्रीमाथि टिप्पणी, के थियो घटना?
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन दिए पनि उच्च अदालत पाटनले २०७४ असार ३ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। यससँगै साहले उक्त ठगी मुद्दामा करिब ९ वर्षअघि नै कानुनी रूपमा सफाइ पाइसकेको देखिन्छ।
बिहीबार, चैत १९, २०८२
११औं तहका कर्मचारीको फाइल 'होल्ड', ९ र १०औं तहकाको मात्र काज फिर्ता!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचका भरमा सुगमका अस्पतालमा 'काज' मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमा पठाउने अभियान सुरु गरे पनि माथिल्लो तहका कर्मचारीको हकमा भने 'मौनता' साधेको देखिन्छ।
बिहीबार, चैत १९, २०८२
पारस शाह नर्भिकमा भर्ना, मुटुमा राखिएको पेसमेकर जस्तै आईसीडीको ब्याट्री परिवर्तन*
पेसमेकर भनेको मुटुको चाल नियन्त्रण गर्न प्रयोग गरिने एक कृतिम यन्त्र हो। विभिन्न कारणले मुटुको धड्कन कम हुँदा वा आवश्यक दरमा चाल उत्पादन गर्न नसक्दा बिरामीमा रिगाँटा लाग्नेदेखि बेहोस हुनेसम्मका समस्या देखिन सक्छन्। यस्तो अवस्थामा मुटुलाई आवश्यक चाल दिन पेसमेकर प्रयोग गरिन्छ।
बिहीबार, चैत १९, २०८२
जेनजी आन्दोलनका क्रममा घाइते एकता शाहलाई चिकित्सा पढ्न अतिरिक्त छात्रवृत्ति
उहाँ चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित शैक्षिक वर्ष २०८२। ८३ को प्रवेश परीक्षामा ५७.५ अंक प्राप्त गरी ७६४० औँ स्थानमा उत्तीर्ण भएकी थिइन्। यसअघि नेपाल सरकार मन्त्रिपरिषद् ले २०८२ चैत १ गते नै उक्त निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ३ गते पत्राचार गर्दै अतिरिक्त छात्रवृत्तिबापतको खर्च चालु आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने जानकारी दिएको छ। अर्थ मन्त्रालय ले पनि आवश्यक खर्च व्यवस्थापनका लागि सहमति प्रदान गरिसकेको छ।
बिहीबार, चैत १९, २०८२
सरकारको निर्देशनपछि अस्पतालहरूले दिन थाले १० प्रतिशत निःशुल्क सेवाको विवरण
उनका अनुसार स्वास्थ्य मन्त्रालयको वेबसाइटमै कुन–कुन स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा उपलब्ध गराएका छन् भन्ने विवरण सार्वजनिक गर्न लागिएको यो पहिलो पटक हो। यद्यपि, मन्त्रालयले यसअघि पनि निजी तथा सरकारी अस्पतालसँग यस्तो तथ्यांक माग गर्दै आएको उनले बताए।
बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन प्रारम्भ, शीर्ष नेताले सम्बोधन गर्नुका साथै ३ अध्यादेश पेस हुने कार्यसूची
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
बिहीबार, चैत १९, २०८२
बयालपाटा अस्पताललाई रोटरी क्लब ग्रिनल्याण्डद्वारा वासिङ मेसिन सहयोग
रोटरी क्लब ग्रिनल्याण्डले अछामस्थित बयालपाटा प्रादेशिक अस्पताललाई एक थान वासिङ मेसिन सहयोगस्वरूप उपलब्ध गराएको छ। अस्पतालको शल्यक्रिया विभाग (अपरेशन युनिट) का लागि अत्यावश्यक रहेको उक्त वासिङ मेसिन हस्तान्तरण गरिएको हो।
बुधबार, चैत १८, २०८२
सांसद चन्दले गरे सिकलसेल रोगबारे विशेषज्ञ डाक्टरहरूसँग छलफल
सांसद डा. चन्द, रास्वपा नेताद्वय लक्ष्मण थारु र प्रकाश बिष्टसहितको टोलीले नेपालकै पहिलो वंशाणुगत तथा अनुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर, रगत रोग विशेषज्ञ डा. नीरज सिंहलगायत विशेषज्ञ डाक्टरहरूसँग छलफल गरेका हुन्।
बुधबार, चैत १८, २०८२
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले नियुक्त
बुधबार, चैत १८, २०८२
स्वास्थ्य मन्त्रालयले गर्यो थप ७ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगमका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएकै स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ। मन्त्रालयले चैत १७ गते थप ७ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो।
बुधबार, चैत १८, २०८२
वीर अस्पतालको १४ बुँदे निर्णय: ढिलो आउने चिकित्सकलाई कारबाही हुने, ओपीडीमा मुस्कानसहितको सेवा
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ। विशेषगरी बिहान ९:३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई 'गयल' मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ।
बुधबार, चैत १८, २०८२
Previous
44
45
46
47
48
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
३ घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
१९ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search