मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ ७, २०८२
Thu, Jan 22, 2026
बुधबार, माघ ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यी हुन् सरकारी संयन्त्र अन्तर्गत युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
सोमबार, माघ २८, २०८१
क्षयरोग, मलेरिया र नवजात शिशु स्वास्थ्य जस्ता सेवा पुन: सुरु गर्नुपर्छ: युएसएआइडी ज्ञापनपत्र
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरे लगत्तै ९० दिनका लागि अन्तर्राष्ट्रिय सहायता रोक्ने निर्णय गरेका थिए। त्यसको केही दिनपछि राज्य सचिव मार्को रुबियोले ‘जीवनरक्षक’ कार्यक्रमहरूलाई छूट दिने स्पष्ट पार्दै एउटा आदेश जारी गरेका थिए, तर कार्यरत संस्थाहरू भने अन्योलमै छन्।
आइतबार, माघ २७, २०८१
दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौँ ।’ मुख्यमन्त्री सिंहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए ।
आइतबार, माघ २७, २०८१
वीर अस्पतालको अपरेशन कक्षमा डाक्टरमाथि आक्रमण, दोषीलाई कारबाहीको माग
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार दिउसो साढे ४ बजे प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर लगायतमाथि आक्रमण भएको हो।
शनिबार, माघ २६, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६ औं बैठकले आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए।
शुक्रबार, माघ २५, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
नेपाली नागरिक अनिवार्यका साथै दरखास्त दिने अन्तिम मितिसम्म पैसट्ठी बर्ष उमेर ननाघेको, भ्रष्ट्राचार, जवरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको योग्यतामा रहेका छन्।
बिहीबार, माघ २४, २०८१
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने
'सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत भनेर त्यो भन्दा बढी पनि चेतावनीमूलक चित्र तथा सन्देश छाप्नुपर्ने कानुन बनाउने अधिकार मन्त्रालयलाई दिएको छ। अन्तर्राष्ट्रिय मान्यता, नेपालले विश्वमञ्चमा गरेका प्रतिबद्धता र निरोगी नेपाल अभियानलाई मध्येनजर गर्दै कानुन बनाइएको हो।'
बुधबार, माघ २३, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण सफल
परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा भट्टको दाबी छ । यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दाे कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्।
बुधबार, माघ २३, २०८१
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। तर महत्त्वपूर्ण कार्यहरूमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्। युएसआइडीले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्य अनुसार अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार पारिँदैछ। जसअन्तर्गत ३० दिनभित्र उनीहरूको अमेरिका फिर्तीको यात्रा खर्च एजेन्सीले ब्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिनेछ।
बुधबार, माघ २३, २०८१
औषधि लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
औषधि व्यवस्था विभागले लिमिटेडलाई सोमबार औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र दिएको हो। लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। उक्त निवेदन पछि विभागले विज्ञ टोली खटाउँदै आवश्यक अवलोकन र निरीक्षण गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो।
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान
बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।
मंगलबार, माघ २२, २०८१
समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचार उल्लेख छ।
सोमबार, माघ २१, २०८१
आन्दोलनरत आवासीय चिकित्सकद्वारा सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
सोमबार, माघ २१, २०८१
औषधि उत्पादन कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्ने
सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
सोमबार, माघ २१, २०८१
मंगलबारदेखि फागुन ५ गतेसम्म किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुँदै
अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता
छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
शनिबार, माघ १९, २०८१
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय र माताहतका निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक तर्जुमा गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
नेपालको स्वास्थ्य बीमा प्रणालीबाट इथियोपिया, सेनेगल र जाम्बियाका प्रतिनिधि प्रभावित
हालै नेपालमा सम्पन्न तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका यी तीन देशका प्रतिनिधिहरु नेपालको बीमा प्रणाली र सफ्टवेयरबाट प्रभावित भएका हुन्। उनीहरुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट प्रेरणा लिँदै आफ्ना देशमा पनि यस प्रकारका प्रविधिको प्रयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
शुक्रबार, माघ १८, २०८१
डिजिटल हेल्थ: बिरामीको एउटै परीक्षण संस्थापिच्छे दोहोर्याउन नपर्ने व्यवस्थासहितको ‘ईएमआर’ निर्देशिका आयो
स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनमा समस्याहरु बढ्दो क्रममा रहेको पाइएपछि स्वास्थ्यखबरले गत भदौमा डिजिटल हेल्थ कन्क्लेभ गरेको थियो। उक्त कार्यक्रममा डिजिटल हेल्थका क्षेत्रमा नीतिगतदेखि अभ्यासका क्रममा समस्याहरु रहेको विषय प्रमुख रुपमा उठेको थियो। समस्यासँगै विज्ञहरुले समाधानका विषयहरु पनि सुझाएका थिए। मन्त्रालयले उक्त कन्क्लेभमा उठेका समाधानका विषयहरु समेत समावेश गर्दै नयाँ निर्देशिका बनाएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
केयूको उपकुलपतिका लागि पिएचडी नचाहिने, स्नातकोत्तरले आवेदन दिन पाउने [संशोधित कार्यविधिसहित]
समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
भरतपुर अस्पतालमा क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था बुधबारदेखि सुरु गरेको हो। विभिन्न रोगको नमूना परीक्षण गर्न गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
आवासीय चिकित्सकले थाले आन्दोलन, शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
दमौली अस्पतालमा कार्यरत डाक्टर बस्नेतमाथि हातपातको प्रयास, दोषीमाथि कारबाहीको माग
अस्पतालका चिकित्सकहरुले सामुहिक रुपमा निकालेको प्रेस विज्ञप्ति अनुसार बुधबार अपरान्ह ५:४० बजे दमौली अस्पतालमा कार्यरत डाक्टर स्वेता बस्नेतमाथि हातपातको प्रयास भएको थियो। व्यास १२ तनहुँ निवासी अमर आलेले अस्पतालको प्राङ्गणमा नै हातपातको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, माघ १७, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीको निर्णय फिर्ता लिन माग, नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिको चेतावनी
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा गरेको निर्णय निजी मेडिकल कलेज सञ्चालकको हितमा रहेको जनाएको छ। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
बिहीबार, माघ १७, २०८१
अभिनेत्री कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन्। सरकारले आउँदो माघ २२ गतेदेखि एचपीभी खोप अभियान सुरु गर्दैछ।
बुधबार, माघ १६, २०८१
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्।
बुधबार, माघ १६, २०८१
निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले दुई वर्ष सोही शिक्षण संस्थामा सेवा गर्नुपर्ने
गत मंसिर ९ गते प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकमा निर्णय भएबमोजिम निर्णय भएको हो। जसअनुसार निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने समेत भनिएको छ।
मंगलबार, माघ १५, २०८१
स्वास्थ्यसहित ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ।
सोमबार, माघ १४, २०८१
अमेरिकाको विदेशी सहायता समीक्षा गर्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?
यस निर्णयका कारण विश्वभर सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ। बीबीसीसँग कुरा गर्दै पूर्व अमेरिकी राज्य बिभाग अधिकारी जोश पउलले भने, 'मानवीय सहयोग अन्तर्गतका कार्यक्रमहरू अचानक रोक्नुपर्ने स्थिति आउन सक्छ।'
आइतबार, माघ १३, २०८१
Previous
22
23
24
25
26
Next
ट्रेण्डिङ
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
१० घण्टा अगाडि
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
१० घण्टा अगाडि
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search